कास्कीका २८२ जनप्रतिनिधि सबै एमालेमै, एकीकृत समाजवादी शून्य

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमाले विभाजन गरेर बनाइएकाे नेकपा एकिकृत समाजवादी पार्टीलाई कास्की जिल्लाबाट निर्बाचित कुनै पनि जनप्रतिनिधिले साथ निदने भएका छन् ।
कास्कीबाट निर्बाचित भएका २ सय ८२ जना जनप्रतिनिधि सबैले एमालेमै रहने घाेषणा गरेकाे एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताएका छन् । कास्कीबाट एमालेले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रत्यक्ष र समानुपातिक गरी २ सय ८२ जना जनप्रतिनिधि जितेकाे थियाे ।
शुक्रबार पाेखरामा जनप्रतिनिधिकाे भेला आयाेजना गरेर एमाले अध्यक्ष कृष्ण थापाले कास्कीका एक जना जनप्रतिनिधिले पनि विखण्डनकारीलाई साथ नदिएकाे बताए ।
भेलामा ९५ प्रतिशत भन्दा बढी जनप्रतिनिधि प्रत्यक्ष उपस्थित भएकाे र केही जनप्रतिनिधि बिरामी भएकाकारण उपस्थित हुन नसकेकाे एमाले कास्कीका सचिव दामाेदर बैरागीले बताए ।
भेलालाई एमालेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी र केन्द्रीय सदस्य सिता गिरीले सम्बाेधन गर्दैछन् ।
प्रतिनिधि सभाका लागि ३ वटा निर्बाचन क्षेत्र भएकाे कास्कीमा ६ वटा प्रदेश सभा क्षेत्र सहित ५ वटा स्थानीय तह छन् । प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ८ सांसद रहेकाे सबै एमालेमै रहेका छन् ।
त्यस्तै पाेखरा महानगर पालिका, रुपाकाेट गाउँ पालिका, मादी गाउँ पालिका र माछापुच्छ्रे गाउँ पालिकामा प्रमुख र उपप्रमुख सहित अधिकांश वडा अध्यक्ष र सदस्यहरु एमालेले जितेकाे थियाे । अन्नपूर्ण गाउँ पालिकाबाट विजयी वडा अध्यक्ष र सदस्यहरु पनि एमाले मै बसेका छन् ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया