कांग्रेस पोखरा २२ मा होमप्रसादको नेतृत्वमा सर्वसम्मत कार्यसमिति

समाधान संवाददाता २०७८ भदौ १८ गते १६:३१

समाधान संवाददाता, पोखरा
पोखरा २२ मा नेपाली कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ । आज शुक्रबार भएको अधिवेशनले होमप्रसाद बराललाई सभापति निर्वाचित गरेको हो । लोकप्रसाद गुरुङ र खडानन्द बराल उपसभापति निर्वाचित भएका छन् । खुसीराम बराल र रवीन्द्रराज बराल सचिव चुनिए । पवन विक र मीलन गुरुङ सहसचिव निर्वाचित भए । ३७ सदस्यीय कार्यसमिति र ४७ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चुनेर नेका पोखरा २२ को अधिवेशन सकिएको छ ।

तपाईको प्रतिक्रिया