कांग्रेसको वडा अधिवेशन, कतै सर्वसम्मत, कतै मतदान

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:०७


पोखरा- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा शुक्रबार पालिकाहरुका वडामा अधिवेशन भएको छ । कास्कीका धेरै वडामा अधिवेशन भएको छ । पोखरा २० को भने २१ गतेलाई सारिएको पार्टी केन्द्रबाट कास्कीका लागि खटाइएका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता आरसी विमल पौडेलले जानकारी दिए ।

भलाममा बाढीपहिरोले मानवीय क्षति भएको शोकका कारण त्यहाँको अधिवेशन सरेको हो । पोखरा ८ मा शनिबार मतदान हुने भएको छ । पोखरा २१ मा पनि आकांक्षी धेरै हुँदा मतदानै हुने भएको शुक्रबार अबेर त्यहाँका एक कांग्रेस नेताले सुनाए । कतिपय वडाहरुमा सर्वसम्मतिले नेतृत्व चुनिए पनि धेरै ठाउँमा मतदान भएको हुँदा शुक्रबार अबेरसम्म नतिजा आइपुगेन । थुप्रै वडाहरुमा शनिबार मतदान हुने भएको छ ।


पोखरा ७ मा नेपाली कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनले नवीन बराललाई सभापति निर्वाचित गरेको हो । अनन्त पण्डित र राममोहन आचार्य उपसभापति निर्वाचित भएका छन् । दामोदर बराल र अजित कार्की सचिव चुनिए ।

Advertisement

सीता शर्मा र विष्णुप्रसाद सुवेदी सहसचिव निर्वाचित भए ।
पोखरा २२ मा नेपाली कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ । आज शुक्रबार भएको अधिवेशनले होमप्रसाद बराललाई सभापति निर्वाचित गरेको हो । लोकप्रसाद गुरुङ र खडानन्द बराल उपसभापति निर्वाचित भएका छन् । खुसीराम बराल र रवीन्द्रराज बराल सचिव चुनिए । पवन विक र मीलन गुरुङ सहसचिव निर्वाचित भए । ३७ सदस्यीय कार्यसमिति र ४७ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चुनेर नेका पोखरा २२ को अधिवेशन सकिएको छ ।


पोखरा ९ मा शिव बास्तोला सर्वसम्मत सभापति निर्वाचित भएका छन् । पोखरा १५ मा सुशीलराज पराजुलीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । मादी गाउँपालिका वडा नम्बर १ मा टंकप्रसाद गुरुङ ‘जापान’ सभापति निर्वाचित भएका छन् । मादी २ मा मन्त्रीजंग गुरुङ सभापति निर्वाचित भएका छन् । पोखरा ३० मतदान सम्पन्न भएको छ । मतगणना शनिबार हुने भएको छ ।

Advertisement


पोखरा १० मा राजेश गुरुङ सभापति निर्वाचित भएको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिका उपसभापतिमा दीपक थापा र नारायण श्रेष्ठ, सचिवमा पूर्णचन्द्र न्यौपाने र उदिम गुरुङ निर्वाचित भए । सुजित गौतम सहसचिव भएका छन् । त्यहाँ क्षेत्रीय प्रतिनिधिहरुका लागि मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया