दीपकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

समाधान संवाददाता
पोखरा- यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार दीपक परियारलाई प्रदान गरिने भएको छ । सहारा क्लबले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लबको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौ ३० गते प्रदान गरिने सहारा क्लबले जनाएको छ ।
पुरस्कारको राशि २० हजार ५ सय ५५ छ । क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा शुक्राबर बजेको बैठकले प्रतिभा छनोट समितिले दिएको सिफारिस अनुमोदन गरेको हो । क्लबका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित समितिले परियारलाई यस वर्षको लागि उत्कृष्ट खेल पत्रकारका रुपमा सिफारिस गरेको थियो ।
पोखरा ३२ घर भएका परियार २०६४ देखि पत्रकारितामा क्रियाशील छन् । उनी जनदिशा दैनिक, गोर्खापत्र राष्ट्रिय दैनिक, गण्डकी खबर दैनिक, समाधान दैनिक, अन्नपूर्ण पोस्ट दैनिक हुँदै हाल कान्तिपुर दैनिकमा आबद्ध छन् ।
पत्रकार परियार मिना सृजनशील पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भएका छन् । प्रतिभा छनोट समितिका सदस्यमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानिया, क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङ, अध्यक्ष केशवबहादुर थापा र महासचिव रामजीप्रसाद अधिकारी थिए ।
खेलकुद पत्रकारितालाई प्राथमिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पु¥याउने १ खेल पत्रकारलाई क्लबले हरेक वर्ष सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, ईन्द्र पौडेल सम्मानित भइसकेका छन् ।









मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
जेनजी आन्दोलनका सहिद अनिश: ‘परिवारको मियो नै उखेलियो, अब केले सान्त्वना होला ?’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया