लैंगिक हिंसाबारे अभिमुखीकरण

समाधान संवाददाता २०७८ भदौ १९ गते १२:३२

Advertisement

समाधान संवाददाता
पोखरा- दलितमहिला संघ जिल्लाशाखा कास्कीले जातीय भेदभाव तथा लैगिंक हिंसा न्यूनीकरणसम्बन्धी २ दिने अभिमुखीकरण आयोजना गरेको छ ।
पोखरा २६ बुढिबजारमा भएको कार्यक्रममा पोखरा १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ का दलित महिला सञ्जालका २७ जना सहभागी थिए । सहभागीलाई भक्तराज रसाइलीले सहजीकरण गरेका थिए ।


दलित महिला संघका कार्यवाहक अध्यक्षउमादेवी रोकाहाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले समाजमा अहिले पनि जातीय भेदभाव र लैगिंक हिंसा हटिनसकेको बताए ।

Advertisement

सामाजबाट जातीय छुवाछुत जस्तो कुप्रथालाई हटाउनका लागि सबैले हातेमालो जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रमामा शर्मिला सुनार,सुनिता सुनार, खेमराज विश्वकर्मा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया