लेउवा संघ चुनाव असोज २ मा
समाधान संवाददाता
२०७८ भदौ १९ गते १२:३६

समाधान संवाददाता
लेखनाथ–लेखनाथ उद्योग बाणिज्य संघको स्थगित १३ औं महाधिवेशन असोज २ गते शनिबार हुने भएको छ । कोरना भाइरसका कारण भदौ १८ र १९ गतेका लागि तोकिएको महाधिवेसन भदौ १३ गते स्थगित भएको थियो ।
शुक्रबार निर्वाचन उपसमितिले असोज २ गतेको मिति तय गरेपछि संघको कार्यसमिति बैठकले त्यसलाई अनमोदन गरी निर्वाचनको कार्यक्रम सार्वजानिक गरेको हो । निर्वाचनका कार्यक्रम लेखनाथ उद्योग बाणिज्य संघको महोत्सव स्थल तालचोकमा स्वास्थ्यका मापदण्डहरु कायम गरी बिहान ७ देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिए ।
यसअघि संघको निर्वाचनको कार्यक्रम अन्तर्गत उमेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । संघको अध्यक्षमा छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध भइसकेका छन् ।
सम्बन्धित









मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया