रेडक्रस दिवसमा सांसद थकाली सम्मानीत

समाधान संवाददाता २०७८ भदौ २० गते ११:५५

समाधान सम्वाददाता
जोमसोम—नेपाल रेडक्रस सोसाईटीको ५९ औं दिवसका अवसरमा शनिबार मुस्ताङ सदरमुकाम जोमसोममा सांसदसहित दुई सामाजसेवी सम्मानीत भएका छन् । नेरोसो मुस्ताङले सामाजिकक्षेत्रमा योगदान पू¥याए वापत गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली र थासाङ—१ टुकुचेका समाजसेवी पूर्णप्रसाद गौचनलाई “छत्र स्मृती सामाजिक सेवा पुरस्कार’ले सम्मान गरिएको हो ।
संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले सम्मानीय द्धयलाई नगद पुरस्कारसहित खादा र प्रमाणपत्रले सम्मान गरे ।लामो समयदेखि रेडक्रस शाखा मुस्ताङको पदाधिकारीको रुपमा रही सामाजिकक्षेत्रमा उल्लेखनीय योगदान पू¥याएका सम्मानीत दुई ब्यक्तिलाई रेडक्रस शाखा मुस्ताङले पुरस्कारसहित सम्मान गरेको शाखा सभापती चन्द्रबहादुर थकालीले जानकारी दिए ।

शाखाका सस्थापक सभापती छत्रबहादुर थकाली बहुआयामिक ब्यक्ति रहेको र उनको सम्झनामा हरेक बर्ष पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गर्ने गरेको बताए ।
संघीय सांसद तुलाचनले आपत् र विपतको रेडक्रसले महत्वपूर्ण भुमिका निभाउने गरेको उल्लेख गरे ।रेडक्रस बिशुद्ध सामाजिक संस्था भएकाले निस्वार्थ भावले गरिने सेवाले आत्मसन्तुष्टि प्रदान गर्ने बताए ।

गरेका सघीय सांसद तुलाचनले नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखालाई नगद ५० हजार सहयोग गरेका छन् ।यस्तै , गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकालीले रेडक्रसको पुरस्कार तथा सम्मानले आफैलाई अझै सामाजिकक्षेत्रमा योगदान गर्ने उर्जा प्रदान गरेको बताए । २०३७ सालदेखि रेडक्रश शाखा मुस्ताङको जिम्मेवार पदाधिकारीको रुपमा रहेका सांंसद थकाली प्रशासनीक सेवामा रहेर समेत कार्यसम्पादन गरिसकेका व्यत्तित्व हुन् ।
रेडक्रस दिवस तथा छत्र स्मृति सामाजिक सेवा पुरस्कार ÷ सम्मान कार्यक्रममा शाखा उपमन्त्री कर्णबहादुर थकालीले कार्यप्रगती बिवरण पेश गरेका थिए । शाखा सभापती चन्द्रबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा मन्त्री पुष्पा शेरचनले कार्यक्रम संञ्चालन गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया