गैंडाकोटमा खुल्यो किसान मार्ट

समाधान संवाददाता २०७८ भदौ २० गते ११:१९
d'VodGqLaf6 pb3f6g gjnk'/, !( ebf} . u08sL k|b]zsf d'VodGqL s[i0frGb| g]kfnL kf]v/]naf6 gjnk/f;L -ab{3f6–;':tfk"j{_sf] u}F8fsf]6 gu/kflnsfl:yt ls;fg df6{sf] pb3f6g . ls;fg pkef]Qmf ;xsf/L ;+:yfn] ;~rfngdf NofPsf] df6{ ¿ 5 s/f]8sf] nfutdf lgdf{0f ePsf] 5 . t:jL/M 6]s/fh kf]v/]n, /f;;

समाधान संवाददाता
नवलपुर-गैंडाकोटमा किसान उपभोक्ता सहकारी संस्थाले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादनका लागि बजार सहज बनाउने उद्देश्यसहित खुलेको मार्टमा ६ करोड रुपैयाँ भन्दा बढी लगानी भएको जानकारी कार्यक्रममा दिइयो ।


गैंडाकोट–४ स्थित गैंडाकोट एग्रो मार्ट परिसरमा खोलिएको मार्ट शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए ।


सहकारीमा ७ हजार ५ हजार जनाभन्दा बढी सदस्य छन् । मार्ट सञ्चालनका लागि ५ सय जनाले सेयर लगानी गरेका छन् । गैंडाकोट नगरपालिकाको १, २, ३ र ४ नम्बर वडासँगै नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

Advertisement


दसैं, तिहारसम्म किसान उपभोक्ता सहकारीले गैंडाकोट नगरभित्रका थप ३ स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ । २ महिनाभित्र सहकारीले गैंडाकोटको ८, १० र १२ नम्बर वडामा मार्ट सञ्चालन गर्ने गरी काम थालेको अध्यक्ष पराजुलीले बताए ।


किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेका अनुसार स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको मार्टले बजार प्रवद्र्धन गर्नेछ । महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजना पनि छ ।

Advertisement


स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनले बताए । किसान ब्राण्डको खाने तेल उत्पादन गरी बजारमा ल्याउने पनि योजना छ ।

तपाईको प्रतिक्रिया