पत्रकार शान्तिसम्मानित

समाधान संवाददाता
पोखरा
पाेखरा–संस्कृतिकर्मी लोकबहादुर गुरुङको सातांै स्मृति दिवसको अवसरमा शनिबार पत्रकार तथा लोकगायिका शान्ति गुरुङलाई सम्मान गरिएको छ ।
लोकबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमारेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्रका उप्रमुख एवं वरिष्ठ सम्पादक, तमु सञ्चारकर्मी संघ कास्कीकी अध्यक्षगुरुङलाई ३५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र गरियो । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) र लोकबहादुर गुरुङकी पत्नी सीता गुरुङले पत्रकार गुरुङलाई सम्मान गरे ।
प्रदेश सभा सदस्य गुरुङले संस्कृतिकर्मी गुरुङ सबैका लागि प्रेरणा र मार्गदर्शक व्यक्ति भएको बताइन् । उनले लोकबहादुरले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रोत्साहन गरेको उल्लेख गरिन् ।सबैको प्रिय व्यक्तित्वको गुमाउँदा ठूलो पीडा भएको चर्चा गर्दै उनले प्रतिष्ठानले सदाको लागि स्मरण हुने काम गरेको बताइन् ।
प्रतिष्ठानका अध्यक्ष गुरुङले लोकबहादुरको शिक्षा र सांस्कृतिक क्षेत्रमा योगदान रहेको बताए । गुरुङ फिल्मका नायकसमेत रहेका अध्यक्ष गुरुङले लोकबहादुरसँगको सहकार्यमा धेरै सिक्ने अवसर पाएको उल्लेख गरे ।
पत्रकार शान्ति गुरुङले कलाकारिता र पत्रकारिताका लागि सधै प्रोत्साहन गर्ने आदर्श व्यक्तित्वको स्मृतिमा सम्मानित हुन पाउँदा गौरव महसुस गरेको बताइन् । उनले लोकबहादुर कला संस्कृति र पत्रकारिता लगायत विभिन्न क्षेत्रमा क्रियाशील युवाको पथ प्रदर्शक रहेको उल्लेख गरिन् । कार्यक्रममा गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङ, प्रतिष्ठानकी सचिव रोशनी गुरुङ लगायतले बोलेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया