प्रदेश चेम्बरको कार्य समिति पूर्ण

समाधान संवाददाता
पोखरा-
विभिन्न क्षेत्रका ३ उद्योगी, व्यवसायीलाई मनोनित गरेपछि गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्य समितिले पूर्णता पाएको छ ।
गण्डकी प्रदेश चेम्बरको विधान बमोजिम अध्यक्ष किसान सुनारको सिफारिसमा प्रदेश कार्य समितिको सदस्यमा गीता तिवारी गौतम, रविबहादुर विक र डा टेकनारायण पौडेललाई मनोनित गरिएपछि कार्य समितिले पूर्णता पाएको हो । चेम्बरको गत असारमा भएको पहिलो साधारण सभा तथा अधिवेशनबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको थियो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको वरिष्ठ उपाध्यक्ष तथा महिला चेम्बर अध्यक्षसमेत रहेकी तिवारी सफल महिला उद्यमी हुन् । पोखरा चेम्बरको सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख विक निगाता इन्टरनेसनल ल्यांग्वेयज तथा टे«निङ इन्स्टिच्युटका निर्देशक हुन् । हिमालयन बोडिङ स्कुलका प्रिन्सिपल पौडेलले शिक्षा मनोविज्ञानमा विद्यावारिधी गरेका छन् ।
गत असारमा भएको अधिवेशनबाट प्रदेश चेम्बरको उपाध्यक्षश्रीबहादुर गुरुङ, महासचिव देवराज शर्मा, सचिव विष्णुकुमार श्रेष्ठ कोषाध्यक्ष तेजेन्द्र पौडेलनिर्विरोध भएका थिए । कार्यसमिति सदस्यमा विजय हिराचन, भरतबहादुर रकाल, महेन्द्रमोहन भट्टराई, ज्ञानु अधिकारी, तारानाथ ढुंगाना, प्रकाश न्यौपाने, टीकाकुमारी गुरुङ, गंगाप्रसाद श्रेष्ठ, विष्णुकुमारी गुरुङ ‘एकता,’युवराज खतिवडा, अरुण गिरी छन् ।
गण्डकी प्रदेश चेम्बर अफ कमर्स अध्यक्ष सुनारले कार्यसमिति विस्तार गरेपछि गण्डकी प्रदेशको समृद्धिका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उल्लेख गरे ।
उनले प्रविधिमैत्री सचिवालय बनाएर समग्र उद्योगी,व्यवसायीका हकहितमा काम गर्ने जनाए । स्थानीय सरकारसँग मिलेरव्यवसायिक परियोजना चलाउने उल्लेख गर्दै उनले चेम्बरले गण्डकी प्रदेशमा लगानी सम्मेलन गर्ने जानकारी दिए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया