मुस्ताङका २५ वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन गरिदै

एसके थकाली
जोमसोम \ नेपाली काग्र्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्ला मुस्ताङका २५ वटै वडाहरुमा शुक्रबारदेखि सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढाईएको छ ।जिल्ला निर्वाचन अधिकृत शिवराज वाग्लेका अनुसार काग्रेस वडा अघिवेशनका लागि जिल्ला शिक्षक संघसंग समन्वय गरी निर्वाचन प्रतिनिधिहरु मुस्ताङका गाउँ—गाउँमा खटाईएको जानकारी दिए ।
निर्वाचन अधिकृत वाग्लेले नेपाली काग्रेस मुस्ताङको सबै तहको अधिवेशन संम्पन्न गर्न पाटीले आफुलाई निर्वाचन अधिकृतको रुपमा खटाएको बताए ।उनका अनुसार अहिले मुस्ताङका ५ वटैल स्थानीय तहका वडाहरुमा सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधि तथा वडाकार्यसमिति चयनको गर्ने काम भईरहेको र बुधबारसम्ममा सबैको रिपोर्ट प्राप्त हुने जानकारी दिए ।उनले मुस्ताङमा क्षेत्रिय प्रतिनिधि तथा कार्यसमिति चयनमा कुनै समस्या नहुने उल्लेख गरे ।
स्थानीय तहका २५ वडाहरुमा क्रियाशिल सदस्यताको अधारमा कुल १ सय ५० जना क्षेत्रिय प्रतिनिधि चयन हुने जनाईएको छ ।उनीहरुले पालिका अधिवेशन,प्रदेश सभा क्षेत्रिय अधिवेशन,जिल्ला अधिवेशन,महासमिति र केन्द्रिय महाधिवेशनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकृत वाग्लेको भनाई छ ।
उनका अनुसार वडा तहमा क्षेत्रिय प्रतिनिधि चयनको प्रक्रिया संम्पन्न भएपछि भदौ २७ गते पालिका अििधवेशन , असोज १ गते प्रदेश क्षेत्रिय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन संम्पन्न गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।
यस्तै,मुस्ताङका प्रत्येक वडाहरुमा सभापती,उपभापती सहित १५ जना क्षेत्रिय प्रतिनिधि र ७ जनाको कार्यसमिति चयन हुने छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया