माछापुच्छ्रेको घाचोकमा युवा संघ गठन

समाधान संवाददाता
पोखरा- राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तारको क्रममा सोमबार कास्कीको माछापुच्छे« गाउँपालिका ३ घाचोकमायुवा भेला भएको छ ।
भेलामा नेपाली कांग्रेसका प्रभावशाली युवा सोहन नेपाली, सुमन गुरुङ, भुवन रानामगर सहित ३६ युवा राष्ट्रिय युवा संघ नेपालमा प्रवेश गरेका छन् । युवा संघ नेपालका केन्द्रीय सचिवतथा गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले नवप्रवेशी युवालाई खादा र टीका लगाएर स्वागत गरे । युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्कीका अध्यक्ष पानबहादुर क्षेत्रीले युवा संघ नेपालको सदस्यता प्रदान गरे ।
भेलामा युवा नेता चिनबहादुर नेपालीको अध्यक्षताका २९ सदस्यीय युवा संघ नेपाल वडा कमिटी गठन गरेको छ । भेलाले सोहन नेपालीकाे अध्यक्षतामा ५१ सदस्यीय युथ फोर्स समेत गठन गरेको छ ।
भेलामा युवा संघ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष गुरुङले युवाको मुद्दालाई प्राथमिकता दिएको कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा युवाको आकर्षण बढेको बताए । उनले युवा संघमा गोलबन्द युवालाई उचित जिम्मेवारी दिने उल्लेख गरे । ‘युवाको सरोकारका विषय तथा सवाललाई पार्टीले सम्बोधन गरेपछि आकर्षण बढेको छ,’अध्यक्ष गुरुङले भने, ‘युवा संघका संगठित भएका युवाको उद्यमशिलताको विकास र राजनीतिक रुपमा प्रशिक्षित गर्न विशेष ध्यान दिने छ ।’ उनले सबै क्षेत्रका युवालाई समेटर राजनीतिक भविश्य सुनिश्चित गर्न अग्रसर बन्ने बताए ।
अध्यक्ष गुरुङले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्तिलाई अंकुस लगाउने गरी निरंकुश बनेको आरोप लगाए । उने केपी शर्मा ओलीको नेतृत्वको सरकारले अगाडी बढाएका २ हजार योजनालाई वर्तमान सरकारले काटेको बताए ।
नेकपा एमाले जिल्ला कमिटी कास्की सदस्य विष्णुबहादुर केसीले सबै युवालाई पार्टीले संरक्षण गर्ने बताए । उनले युवा संघको कमिटीलाई जुझारु र सशक्त बन्न सुझाव दिए । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा कास्कीका अध्यक्ष पानबहादुर जिसीले विकास निर्माणले पूर्णता पाए नेकपा एमालेको जनमत बढ्छ भनेर वर्तमान सरकारले रोक्ने काम गरेको उल्लेख गरे । उनले युवालाई सामुहिक कृषि लगायतका उद्यमशिलतामा जोड्ने बताए ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य लक्ष्मी अधिकारी क्षेत्री, माछापुच्छे« गाउँपालिका वडा नम्बर ३का वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेशमकुमार नेपाली, अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस प्रारम्भिक कमिटीका अध्यक्ष विष्णु पोखरेल, युवा नेता भोजबहादुर नेपाली लगायतले युवाका सरोकारका विषयमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया