निजामती सेवा दिवसमा सरसफाई तथा बृक्षारोपण

एसके थकाली
जोमसोम—निजामती सेवा दिवस २०७८ को उपलक्ष्यमा मंगलबार मुस्ताङका निजामती कर्मचारीहरुले सरसफाई तथा बृक्षारोपण गरेका छन् ।
“ब्यवसायिक र सिर्जनशील प्रशासन,विकास,समृद्धि र सुशासन’ नाराका साथ कर्मचारी मिलन केन्द्र मुस्ताङले आयोजना गरेको कार्यक्रममा जोमसोम स्थित शालिग्राम पार्कमा सरसफाई तथा बृक्षारोपण गरिएको कर्मचारी मिलन केन्द्र मुस्ताङले जनाएको छ ।
निजामती सेवा दिवसको अवसरमा आयोजित सरसफाई तथा बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल ,जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकायको उपस्थिती रहेको थियो ।
उनीहरुले शालिग्राम पार्कको सरसफाई तथा सल्ला र धुपीका करिव एक सय बेर्ना रोपण गरेको कर्मचारी मिलनकेन्द्र मुस्ताङका अध्यक्ष रुक्मागत सुवेदीले जानकारी दिए । सो अवसर अध्यक्ष सुवेदीले कर्मचारी मिलनकेन्द्रले गरेका रचनात्मक तथा सृजनशिल कार्यहरुको बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा प्रजिअ श्रीनाथ पौडेलले कर्मचारीर्मा एकता र सद्भाव कायम हुनु पर्ने जनाए । उनले रचनात्मक कार्यले कर्मचारी बर्गको गरिमा र उचाई बढाउने उल्लेख गरे ।










शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया