मुस्ताङ ः पर्यटकलाई कोभिड रिपोर्ट अनिवार्य

एसके थकाली \ जोमसोम—
कोरोनाको दोश्रो भेरियन्टसंगै विगत ५ महिनादेखि कायम रहेको निषेधाज्ञा (बन्दाबन्दी) मंगलबारदेखि खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) बैठकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरबाहेक अन्यक्षेत्रको सबै गतिबिधि खुल्ला गर्ने निर्णय गरेको हो ।
मुस्ताङमा सतप्रतिशत नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको र संक्रमणदर समेत कम हुँदै गईरहेकाले जारी निषेधाज्ञालाई सहज र खुकुलो बनाउन निर्णय सीसीएमसी गरेको हो ।मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै आर्थिक अवस्था चलाएमान हुने अपेक्षा गरिएको छ । बैठकले मुक्तिनाथ मन्दिर तत्कालका लागि खुल्ला नगर्ने तर अन्यक्षेत्रको गतिबिधिलाई चलायमान बनाउन आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै क्रमशः मुस्ताङलाई सहज बनाउदै लैजाने बताईएको छ ।
मुस्ताङमा पहिलो चरणमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएसंगै पोखरा—जोमसोम हवाई सेवा ,लामो तथा छोटो दुरीका यातायात सेवा, पर्यटनक्षेत्र,होटल तथा रेष्टुरेन्ट ,शैक्षिक संस्था र सेवा प्रदायक संघसंस्था लगायतको गतिविधि निर्वाध रुपमा संञ्चालन हुनेछन् ।
यस्तै, हाललाई मुक्तिनाथबाहेक उपल्लो मुस्ताङ र उत्तरी कोरलानाकासम्मको भ्रमण गर्नमा पर्यटकलाई कुनै रोकतोक नहुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । तर, मुक्तिनाथ मन्दिर,गुम्बा ,बिहार,मस्जिद ,चर्च, आदीक्षेत्रमा हुँने नियमित पुजापाठ र नित्यकर्ममा यसअघिकै निर्णयलाई कायम राखिएको उनले बताए ।
प्रजिअ पौडेलले निषेधाज्ञा सहज पारिएको र त्यसको समिक्षा गर्दै केही हप्ताभित्रै मुक्तिनाथ मन्दिर खुल्ला गरिने जनाए ।
कोरोना कहरका कारण मुस्ताङमा जारी निषेधाज्ञा सहज पारिएसगै मुस्ताङ भित्रिने पर्यटकले अब कुनै सास्ती ब्यवहोर्नु नपर्ने जनाईएको छ । तर, मुस्ताङ भित्रिने विदेशी पर्यटकले अनिवार्य रुपमा ७२ घण्टे पिसिरआर रिपोर्ट देखाउनु पर्नेछ भने आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ ।
मुस्ताङमा बसोबास गर्ने नागरिकले भने मुस्ताङ आउजाउ गर्नुपर्दा संम्वन्धित स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै उनीहरुको हकमा नागरिकता तथा परिचय पत्र देखाए मात्रै पुग्नेछ ।
यस्तै,मुस्ताङ आउजाउ गर्ने सार्वजनिक तथा निजी सवारी साधनले पिसीआर वा एन्टिजेन रिपोर्ट र खोप कार्ड नभएका ब्यक्तिलाई यात्रा गराउँदा संक्रमण पुष्टि भएमा सोको जिम्मेवारी संम्वन्धित सवारी साधनलेनै जिम्मा लिनु पर्नेछ ।
कोरोना कहरका कारण लगाईएको निषेधाज्ञाले मुस्ताङका पर्यटन ब्यवसायीहरु आर्थिक संकटमा पर्दैआईरहेका थिए । जिल्लामा निषेधाज्ञा खुकुलो पारिएसंगै मुस्ताङ जिल्लाको अर्थतन्त्र चलायमान हुने मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले अपेक्षा गरे । ब्यवसायीहरुको हितमा प्रशासनको रोहबरमा आईतबार बसेको सर्वदलीय तथा सर्वपक्षिय बैठकले मुस्ताङमा बिस्तारै सबैक्षेत्रलाइै सहज बनाउदै लैजाने सहमती भएको सांसद तुलाचनले जानकारी दिए । मुस्ताङमा १८ वर्षदेखि माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेको र पर्यटकलाई पनि होसीयारी र सावधानी अपनाएर मुस्ताङ आउन आग्रह गरे ।
कोरोनाका कारण अर्थतन्त्र चलायमान हुन नसक्दा विभिन्न क्षेत्रका ब्यवसायी मानसिक रोगको शिकार हुने चिन्ता बढेको उल्लेख गर्दै सांसद तुलाचनले धार्मिक तथा पर्यटकीय जिल्लालाई आर्थिक चलायमान बनाउनु पर्ने बाध्यता आएको जनाए ।
कोरोना माहामारीको पहिलो भेरियन्ट सुरु हुँदा देखि बन्द मुक्तिनाथ मन्दिर ३ महिना मात्र खुलेर बन्द भएको थियो ।कोरोनाको दोश्रो भेरियन्टको चरणमा मुक्तिनाथक्षेत्र कोरोनाको “हट स्पट’ समेत बनेको थियो । कोरानाका कारण मुस्ताङमा १५ जनाले ज्यान गुमाउँदा मुक्तिनाथ रानीपौवा गाउँका ७ जनाले ज्यान गुमाउन पुगेका थिए ।
कोरोनाले धनजन र मानवीय क्षति ब्यवहोरेका मुक्तिनाथका पर्यटन व्यवसायी तथा स्थानीयले मुक्तिनाथ मन्दिर तत्काल खुल्ला गर्दा फेरी बिपत निम्तने डरमा छन् । उनीहरुले यसअघि मुक्तिनाथ मन्दिर खुल्ला गर्दा मुक्तिनाथबासीलाई कोभिड संक्रमण भएमा मुक्तिनाथ विकास समितिले क्षतिपूर्ती दिने पूर्व लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै सरोकारवाला निकायसंग रुष्ट छन् ।
कोरोनाको दोश्रो भेरियन्ट सुरु भएदेखि यता मुस्ताङमा ५ सय ५४ जना कोरोना संक्रमित बनेकोमा ५ सय ८ जना संक्रमण मुक्त भएका थिए । जसमध्ये जिल्लामा उपचार हुन नसकी २७ जनालाई पोखरा रिफर गरिएको थियो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ जना मात्र रहेको छ ।










न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया