लेकसाइडका सयौैं पर्यटन व्यवसायीहरु एमाले प्रवेश

समाधान संवाददाता
पोखरा- पोखरामा केही पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जनभन्दा बढीसहितलाई पार्टीमा प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघका (ना) पूर्वअध्यक्ष योगेशबहादुर भट्टराइ, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यान गण्डकी कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला सञ्जाल बैदाम अध्यक्ष विष्णु केसी, टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पूर्व अन्तर्राष्ट्रिय खेलाडी रामबहादुर ढकाल लगायत छन् ।
नाका पूर्वअध्यक्ष भट्टराईले जनपक्षीय कामका आधारम आफूले एमाले पार्टी रोजेको बताए । क्यान कोषाध्यक्ष तिवारीले नेकपा एमालेले बोकेका एजेन्डाका आधारमा आफूले सर्मथन गरेको बताए ।
प्रदेश सांसद राजीव पहारीले ठूलो संख्यामा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको जनाए । उनले भने, ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठूलो टेवा पुग्नेछ ।’
पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया