वागमतीमा १० मन्त्रीले लिए सपथ

वागमतीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।
मुख्यमन्त्री शाक्यले अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, चन्द्र लामालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्ती गरेकी छन् ।
त्यस्तै शान्तिप्रसाद पौडेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् भने, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय र सरस्वती बाटी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् ।
बद्री मैनाली भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय, जुनेली श्रेष्ठ सामाजिक विकाश मन्त्रालय र जीवन खड्का भौतिक पूर्वाधार विकास मन्त्रालयमा नियुक्त गरिएको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया