भारतमा फेरि काेराेना संक्रमणदर बढ्दै

समाधान संवाददाता २०७८ भदौ २४ गते १८:२३

एजेन्सी ।

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको पाइएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको देखिएको छ ।

सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जना नयाँ सङ्क्रमित भएका छन् । जवकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या कम भएको थियो ।

Advertisement

पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसका कारण थप ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक दिनमा कुल मृत्यु भएका मध्ये १८१ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् ।

त्यसैगरी केरलामा मात्रै एक दिनमा ३० हजार १९६ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

Advertisement

मन्त्रालयका अनुसार बिहीबार भारतमा तीन लाख ९३ हजार ६१४ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । सोही अवधिमा भारतमा ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै समयमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्याभन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड २३ लाख चार हजार ६१८ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया