युवराज खतिवडा पक्राउ

समाधान संवाददाता २०७८ भदौ २५ गते १२:३८

समाधान संवाददाता, पोखरा
फेवाताल किनारामा मापदण्ड विपरीत पर्खाल लगाउने र सीमसार क्षेत्रमा माटोले पुर्ने लगायत काम गरेको आरोपमा कास्की प्रहरीले युवराज खतिवडालाई पक्राउ गरेको छ । ‘प्राकृतिक स्रोतमाथि अतिक्रमण नहोस् भनेर सम्झायौं,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘भोलिपल्टै फेरि उस्तै काम गरेको भेटियौं, फेरि सम्झाउँदा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको हुँदा पक्राउ गरेका हौं ।’

Advertisement


पोखरा–५ बस्दै आएका खतिवडालाई प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि कास्की अदालतबाट अनुमति लिई हिरासतमा राखेर अनुसन्धन भइरहेको डिएसपी हमालले बताए ।


पोखरा–१८ मा सेदीमा फेवाताललाई असर गर्ने गरी माटो पुर्ने काम खतिवडाले गरिरहेको प्रहरीको भनाइ छ । खतिवडाले पोखराका विभिन्न ठाउँमा मापदण्ड विपरीत संरचनाहरु निर्माण गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया