सर्याे कांग्रेस अधिवेशन, पालिकाकाे चुनाव असाेज ९ गते

समाधान संवाददाता, पाेखरा ।
पटक पटक सर्दै आएकाे नेपाली कांग्रेसकाे अधिवेशनकाे मिति फेरि सारिएकाे छ । निर्धारित समयमा देशैभर वडा अधिवेशनहरु हुन नसकेपछि कांग्रेसकाे निर्बाचन समितिले पालिका त्यस भन्दा उपल्ला निकायकाे अधिवेशन मिति पछि सारेकाे छ ।
संशाेधित तालिका अनुसार भदाैं २७ गतेका लागि ताेकिएकाे पालिका अधिवेशनकाे मिति असाेज ९ मा सारिएकाे छ ।
विवादित वडाहरुकाे अधिवेशन गर्नका लागि असाेज ५ सम्मकाे समय दिइएकाे छ । त्यसपछि मात्र पालिकाकाे अधिवेशन हुने भएकाे छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनकाे मिति असाेज १२ गतेका लागि ताेकिएकाे छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनकाे मिति १५ गते तय भएकाे छ ।
जिल्ला अधिवेशनका लागि असाेज १८ गतेकाे मिति तय गरेकाे निर्बाचन समितिले प्रदेश अधिवेशनकाे मिति कार्तिक १०, ११ र १२ गते ताेकेकाे छ ।
केन्द्रीय महाधिवेशनकाे मिति भने पूर्व निर्धारित मिति मंसिर ९ देखि १३ गते नै हुने सिमितिले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ ।










ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया