संखुवासभा सामुहिक हत्याकाे रहस्य खुल्दै, १ जना पक्राउ

समाधान संवाददाता, पाेखरा ।
सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डकाे रहस्य खुल्ने भएकाे छ । अनुसन्धानमा खटिएकाे नेपाल प्रहरी हत्यारा नजिकै पुगिसकेकाे प्रहरी श्राेतले बताएकाे छ ।
अहिलेसम्म हत्याकाण्डकाे रहस्य बारेमा केही नबताएकाे प्रहरीले सबै छर्लङ्ग भएपछि मात्र पत्रकार सम्मेलन गरेर जानकारी दिने याेजना बनाएकाे छ ।
नेपाल प्रहरीकाे उच्च श्राेतका अनुसार घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ परिसकेका छन् ।
प्रहरी उपरिक्षक भीम दाहालले आइतबारसम्ममा धेरै कुरा खुल्ने बताएका छन् । तर उनले अनुसन्धान प्रभावित हुने भन्दै थप कुरा बताउन चाहेका छैनन् ।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बाैद्धमान कार्कीकाे परिवारका ६ जना सदस्यको हत्या भएको थियो।
उक्त हत्याकाण्डमा बाैद्धमानका छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीकाे हत्या भएको थियो।
रहस्यमय साे घटनाकाे अनुसन्धानमा प्रहरीकाे उच्चस्तरीय अनुसन्धान विभाग सिआइबीकाे टाेली खटिएकाे छ ।
तपाईको प्रतिक्रिया