पटमूर्खहरुले पार्टी फोरे : गुरुङ

राकेशशर्मा
म्याग्दी- नेकपाएमाले सचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा रहेका अनुशासनहीन, अराजक र पटमूर्खहरुले पार्टी विभाजन गराएको बताएका छन् । उनले नेकपाएमाले म्याग्दीले शुक्रवार बेनीमाआयोजना गरेको जिल्लास्तरीय अगुवाकार्यकर्ता भेलामा माधव नेपाल लगायतका नेताले पार्टी, नेता, कार्यकर्ता र आन्दोलनलाई नै धोकादिएको दाबी गरे ।
‘पार्टी विभाजन गर्नैपर्ने विचार, सिद्धान्त केहीमा मतभेद छैन । राखेका सबै माग पूरा गरिदिँदासमेत पार्टी छाडेर जानेहरु अराजक, अनुसासनहीन र पटमूर्ख हुन्,’ गुरुङले भने । माधव नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा कार्यदल र १० बुँदे समझदारी बने पनि नेता नेपालले लत्याएर भागेको आरोप लगाए ।
उनले भने, ‘प्रचण्डसँग लिखित सम्झौतामा फसेको सुनिएको छ ।’ माओवादीकै नेताबाट आफूले केपी ओली र नेपालसँगै रहन नसक्ने र प्रचण्ड नेपालबीचलिखित सम्झौता नै भएको जानकारी पाएको उनले दाबी गरे ।
मुलुकका हरेक परिवर्तनका मोर्चामा एमालेको अगुवाइ रहेको दाबी गर्दै उनले छुट्टिएर गएको समूहले एमालेसँग प्रतिस्पर्धा गर्नै जिकिर गरे । उनले नेपालमा मूल पार्टीबाट विभाजनभएर गएकाकुनै पनि समूह र दल मुलप्रवाहमाआउन कठिन रहेको बताए । आफ्नो पार्टीकाप्रधानमन्त्रीलाई विश्वासको मत नदिने र विपक्षी दलका नेतालाई प्रधानमन्त्रीबनाउन भूमिका खेलेर नेपाल लगायतका नेताले संसदीय राजनैतिकअपराध गरेको आरोप उनको छ ।
एमाले नेताकिरण गुरुङले पार्टीभित्रको अन्तरविरोधलाई पार्टीभित्रै छलफल र बहस गर्नुपर्नेमा नेता नेपालले गम्भीर भुल गरेको बताए । दक्षिणपन्थी अवसरवादी सरकार बनाउन गौरवमय इतिहास बोकेको पार्टी विभाजन गर्ने हर्क नेपालले गरेको उनको भनाइ छ ।
एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बालकृष्ण सुवेदी,उपाध्यक्ष देवेन्द्र केसी, संविधान सभा सदस्यनवराजशर्मा र गण्डकी प्रदेश सभा सदस्यईन्द्रलाल सापकोटा लगायतले सम्बोधन गरेका थिए ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया