कांग्रेस क्रियाशील सदस्य धनपतिको निधन

समाधान संवाददाता २०७८ भदौ २६ गते २०:२४

समाधान संवाददाता


पोखरा–नेपाली कांग्रेसका क्रियाशील सदस्य धनपति तिमिल्सनाको शुक्रबार राति निधन भएको छ । उनको उपचारको क्रममा जिएमसी हस्पिटलमा निधन भएको कांग्रेस पोखरा १२ का सभापति सन्तोष बास्तोलाले जानकारी दिए ।


८४ वर्षीय धनपति लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । पोखरा १२ माटेपानी घर भएको उनका २ छोरा र ३ छोरी छन् । उनको शनिबार रामघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले पार्थिव शरिरमा पार्टीको झन्डा ओढाएर श्रद्धाजलि दिएका थिए ।

Advertisement

अन्त्येष्टिमा वडा सभापति सन्तोष बास्तोला, महाधिवेशन प्रतिनिधि डम्बरजंग गुरुङ, क्षेत्र नम्बर १ ख का सभापति कृष्ण कोइराला लगायत कांग्रेस नेता, कार्यकर्ता र तिमिल्सिनाका आफन्त र शुभेच्छुक सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया