नेपाल डेण्टल एसोसियशनमा नयाँ कार्यसमिति चयन

समाधान संवाददाता २०७८ भदौ २६ गते २०:५८

नेपाल डेण्टल एसोसीएशन गण्डकीमा डा. अभिषेक गुभाजुको नेतित्वमा ९ जना नयाँ कार्यसमिति चयन भएको छ । उपाअध्यक्षमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिन बहादुर गुरुङ , संयुक्त सचिबमा डा. सुष्मिता थापा र सदस्यमा डा. बिनिता बजरचार्य, डा.आशीष कुंवर सिंह, डा. पुरन बिशोकर्मा तथा डा. संगीता मकाजु कार्यसमिति चयन भएका छन् ।

शनिबार न्यूरोडको सिटी स्क्याएरको सभा हलमा कार्यक्रममा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दैअध्यक्ष गुभाजुले दन्त सम्बन्धि समस्या परेमा डेण्टल असोसीएशनमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

महासचिव गिरीले नयाँ डाक्टरहरुको उचित व्यवसस्थापनमा सहयोग गर्ने बताइन् ।कार्यक्रममा गण्डकी प्रदेशका बरिष्ठ दंतचिकित्सकहरूको उपस्थितिमा भएको थियो ।

तपाईको प्रतिक्रिया