यसरी भएकाे थियाे संखुवासभा हत्याकाण्ड, एक–एक गर्दै मारेका थिए ६ जना आफन्तलाई

समाधान संवाददाता, पाेखरा ।
नेपाल प्रहरीले संखुवासभा सामूहिक हत्याकाण्डमा संलग्न व्यक्ति सार्बजनिक गरेकाे छ । ६ जनाकै हत्यामा स्थानीय लोकबहादुर कार्कीलाई मात्र संलग्न भएकाे प्रहरीकाे दावी छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
लाेकबहादुर नाताले तेजबहादुरका भतिजा हुन् । सामान्या घरायसी रिसइबीका कारण परिवार कै हत्या भएकाे प्रहरीले बताएकाे छ ।
हत्या मध्यरातमा भएकाे आशंका गरिएकाे भएपनि हत्या गरेकेा स्वीकारेका लाेकबहादुरले विहानपख घटना घटाएकाे बयान दिएका छन् ।
घरबाटै चिर्पट दाउराे लिएर गएका लाेकबहादुरले पहिले तेजबहादुरकाे हत्या गरेका थिए । चिर्पट प्रहार भएपछि तेजबहादुर चिच्याएका थिए । त्याे सुनेर उनकी श्रीमती र बुहारी घटना स्थल तर्फ गएका थिए । उनीहरुलाई पनि लाेकबहादुरले लखेटी लखेटी हत्या गरे । त्यस्तै अरु २ बच्चा पनि आमा बाबा चिच्याएकाे ठाउ तिर जाँदा उनीहरु पनि लाेकबहादुरकाे शिकार बने । उनीहरुलाई पनि लखेटेरै हत्या गरेकाे लाेकबहादुरले प्रहरीमा बयान दिएका छन् ।
पाँच जनाकाे हत्या गरेपछि तेजबहादुरकाे घरमा गएका लाेकबहादुरले बृद्दा आमालाई घर भित्रै हत्या गरेर फर्किए ।
हत्या गरे लगत्तै तिनै लाेकबहादुरले आफुले शब देखेकाे भन्दै गाउँमा खबर गरेका थिए ।
अनुसन्धानमा खटिएकाे केन्द्रीय अनुसन्धान ब्यूराे सुरुमा केही अलमलिएकाे थियाे । जसले लाश देखेकाे पहिलाे खबर गर्याे उसैलाई शंका गर्ने कुरा पनि थिएन ।
तर खाेज्दै जाँदा लाेकबहादुर कै घरमा रगत लागेकाे कपडा फेला पारेपछि प्रहरीले साेही परिवारलाई शंकाकाे घेरामा राख्याे । सुक्ष्म अनुसन्धान गरेपछि हिजाे शनिबार मात्र लाेकबहादुरलाई प्रहीले पक्राउ गरेकेा हाे ।
पक्राउ परेलगत्तै उनले हत्या गरेकेा स्वीकार गरिसकेकाे प्रहरीले बताएकाे छ ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया