असोज पहिलो सातादेखि खुल्दै एबिसी

पोखरा- लामो समयदेखि ठप्प विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) असोज पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । असोज ५ गतेदेखि अन्नपूर्ण क्षेत्रका सबै होटल खुला हुने भएका हुन् ।
दोस्रो चरणको लकडाउनपछि ठप्प होटल असोजदेखि खुल्ने छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए । ‘असोज ५ देखि यो क्षेत्रका होटल पाहुन राख्ने गरी खुल्छन् । कोभिड १९ संक्रमणको दर पनि कम भइराखेको छ । धेरै जसोले भ्याक्सिन पनि लगाइसकेको अवस्थामा हामी होटल खोल्ने निर्णयमा पुगेका हौं,’ उनले भने ।
असोज, कात्तिक मौसम खुल्ने बेला पनि हो । बिदाको समय पनि यही बेला पर्ने भएकाले पनि अरु बेला पर्यटक ओइरिन्थे । यद्यपि, कोभिड १९ महामारीपछि २ वर्षदेखि यो क्षेत्रका होटल शून्यप्राय छन् । सचिव गुरुङले सुरक्षित तरिकाले एबिसी घुम्न आउन सकिने बताए । सरकारी अनुमतिपछि अन्य क्षेत्र खुलिसक्दा पनि एबिसी क्षेत्र खुल्न ढिला भएकोमा उनले माफीसमेत मागेका छन् । कोभिड १९ को लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएमा आफैं सतर्क हुनसमेत उनको आग्रह छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया