सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपाललाई सिरिज

काठमाडौं, २६ भदौ (रासस)–लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो १ दिवसीय खेलमा १ सय ५१ रनले पराजित गर्दै सिरिज २ शून्यले आफ्नो पक्षमा पारेको हो ।
ओमानमा भएको १ दिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा नेपालका लामिछानेले उत्कृष्ट बलिङ गर्दै पपुवा न्यूगिनीको पारीलाई ध्वस्त पारे । उनले ५ दशमलव १ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चिए । लामिछानेको यो नै हालसम्मको उत्कृष्ट बलिङ हो । यसअघि उनले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर ६ विकेट लिएका थिए ।
नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बताए ।
बलिङ नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान १ विकेट लिए ।
यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । संकटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासे । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । सो क्रममा उनले १ सय २३ बल खेल्दै ३ छक्का र २ चौका हाने । यस्तै केसीले २६ बलमा ४२ रन बनाए । यसमा उनको ४ छक्का र २ चौका सामेल थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले ३, कबुआ मोरिया र नर्मन भानुआले समान २ तथा चाल्र्स अमिनीले १ विकेट लिए । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ दुई विकेटले पराजित गरेको थियो ।
नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक १ दिवसीय सिरिज खेल्नेछ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया