व्यक्ति होइन, परिस्थिति बदलौं :मुख्यमन्त्री

समाधान संवाददाता
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीसरकार मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या रोकथाम र न्यूनीकरणमा ठोस कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा उनले यो समस्या निराकरणका लागिसबैको सहकार्य, साथ र सहयोग अपरिहार्य रहेको औंल्याए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोशिश संस्थाको आयोजनामा भएको कार्यक्रममा उनले भने, ‘गण्डकी प्रदेश सरकार यहाँहरुको साथ छ, सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणकालागि बहुक्षेत्रीय कार्य योजनाको निर्णय गरी अविलम्ब लागु गरिनुपर्छ ।’
विषम परिस्थितिमा आत्महत्याको सोच जो कोहीलाई पनि आउन सक्ने भन्दै उनले योमनोसामाजिक समस्याको नतिजा भएको बताए । उनलेसानो प्रयासले आत्महत्या गर्नबाट बचाउन सकिने भन्दै व्यक्तिलाई बदल्नेभन्दा पनि समाजमा रहेको नकारात्मक सोच र अभ्यास परिवर्तन गर्न आवश्यक रहेको औंल्याए ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्याका कारणले जीवन गुमाइरहेका छन् । विश्वमा प्रत्येक ४० सेकेन्डमा १ व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाइरहेका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा आत्महत्याका कारण ७ हजार १ सय ४१ जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा १४ प्रतिशतले बढी हो ।
नेपाल सरकारले लिएको दिगो विकास लक्ष्य सन् २०१५–२०३० अनुसार आत्महत्याको दर १६.५ प्रति १ लाखबाट घटाई ४.७ मा पु¥याउने लक्ष्य लिएकोमा सन् २०२१ को मध्यसम्म बढेर २४.५ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकीमा गत आर्थिक वर्षमा ६ सय ४४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । मुख्यमन्त्री पोखरेलले भने, ‘यो भयानक अवस्था हो जसको सरकार र सम्पूर्ण सरोकारवालाले ध्यान पु¥याउनुपर्छ ।’ आर्थिक रुपमा सम्पन्न भए पनि मानसिक रुपमा कमजोर भएपछि मानिस आत्महत्या गर्न वाध्य भएको पाइएको उनले बताए । उनले भने, ‘प्रदेशका अस्पतालमा मनोसामाजिक परामर्श र बेड र चिकित्सकको अभाव भएको सुनें । कम्तीमा सुरुआत गर्न के गर्नुपर्छ ? स्वास्थ्य सचिवज्यू पेस गर्नुस्। हामी राजधानीबाट भए पनि सुरु गर्न चाहन्छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आत्महत्या रोकथामका लागि गरेको कोसिसको अब समीक्षा हुनु जरुरी रहेको बताए । नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले आत्महत्या प्रदेशको मुख्य समस्या रहेको भन्दै यसका गण्डकी सरकार संवेदनशील रहेको भनाइ राखे । मानवअधिकारको आवधिक प्रतिवेदनमा समेत यो विषयले प्राथमिकता पाएको भन्दै उनले सरकारले विशेष खालका कार्यक्रम गरेर हामी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी मीनबहादुर घलेले अपराधको मुद्दा दर्ता भएकामध्ये सामाजिक अपराबाहेक आत्महत्याका मुद्दा नै बढी रहेको बताए । आत्महत्याका कारण खोतल्दै जाँदा गरिबी र बेरोजगारी सबैभन्दा ठूलो समस्या रहको पाइएको उनको भनाइ थियो ।
कार्यक्रममा कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले आफू आत्महत्याको प्रयासपछि बँचेर नयाँ जीवन जिएको बताए । उनले भने, ‘१५ वर्षको हुँदा मलाई मनोसामाजिक समस्या देखियो । १९ वर्षसम्म पढाइ जारी राखें । ७ वर्ष घरमै बसें, म त शिक्षा प्रणालीको शिकार भएको रहेछु । २५ वर्षको उमेर पुगेपछि मानसिक स्वास्थ्यको उपचार सुरु भयो ।’
उनका अनुसार मानसिक समस्या रोग होइन । यो मनको समस्या हो । त्यसैले मनोसामाजिक परामर्शले यो समस्यालाई कम गर्न सकिन्छ ।मानसिक समस्या एक्सरे गरेर, एमआरआई गरेर, रगत जाँचेर मानसिक समस्या पत्ता नलाग्ने भन्दै उनले भने, ‘चिरेर, जाँचेर, अपरेसन गरेर हुँदैन । यसका लागि त दक्ष जनशक्ति चाहियो । तनावको कारणले पनि यो हुन्छ भनेर मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ ।’









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया