सबैभन्दा नजिकैले गर्छन् यौन दुव्र्यवहार

समाधान संवाददाता
पोखरा- अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउनका लागि दबाब झेल्नेमा किशोरीको तुलनामा किशोरको संख्या अधिक भएको१ अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
सिविन नेपालले अनलाइनमा बाल संरक्षण विषयमा गरेको अध्ययनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउनको लाािग दबाब दिने वा बाध्य पार्नेहरुमा प्रेमी, प्रेमिका, दौंतरी सबैभन्दा नजिकका साथी भएको पाइएको हो । कतिपय अवस्थामा अपरिचित र केही विदेशी पनि यस्ता गतिविधिमा सहभागी भएको पाइएकोसिविन नेपालका परियोजना संयोजक माधव लोहनीले जानकारी दिए ।
सिविनले कास्कीका ३ वर्षदेखि बालबालिकाको अनलाइन संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले पछिल्लो पटक नेपालका ७ प्रदेशमा सन् २०२० देखि अनलाइनमा बाल संरक्षणको अध्ययन गरेको छ । सिविनका अनुसन्धानकर्ता अमृतरत्न शाक्यलेवागमतीको काठमाडौं र मकवानपुर, गण्डकीको कास्की, प्रदेश नम्बर १को मोरङ, प्रदेश नम्बर २को धनुषा, लुम्बिनीको बाँके, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको कैलालीका ९देखि १९ वर्षसम्मका बालबालिकालाई केन्द्रीत गरी अनलाइनमा बाल संरक्षण विषयमा अनुसन्धान गरेको जानकारी दिए ।
उनले १ हजार ७ सय १४ बालबालिकासँग प्रत्यक्ष भेटेर इन्टरनेटको प्रयोगबाट गरिने यौन दुव्र्यवहारका बारेमा अध्ययन गरेको बताए । अध्ययनका निष्कर्ष सार्वजनिक गर्दै शाक्यले साइबर क्याफेमा गएर अनलाइन चलाउने बालबालिकाको अनलाइनको पहँुच बढेसँगै यौनजन्य दुव्र्यवहार बढेको उल्लेख गरे । बालबालिकालाई नग्न हुन दबाव दिनेमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजिकका साथी र अपरिचित पनि थिए ।
कुल उत्तरदातामध्ये १९ दशमलव ८३ प्रतिशतले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा किशोरको संख्या किशोरीको तुलनामा अधिक पाइएको छ ।
अनुसन्धानमा ६५ प्रतिशत ५९ प्रतिशत किशोर र ३२ दशमलव ३४ प्रतिशत किशोरीले यौन शोषणको सामना गर्नुपरेको जवाफ दिएका छन् ।
अनलाइनमा बाल संरक्षणको अनुसन्धानको संयोजन गरेका लोहनीले अनुसन्धानका क्रममा किशोरीभन्दा किशोर बढी पिडित भएको पाएको जानकारी दिए । उनले अनलाइनमा राखेका सूचना भरपर्दो नहुने भएकाले त्यसतर्फ सचेत रहन बालबालिकालाई आग्रह गरे । आफ्नो इमेलको पासबर्ड अरु कसैलाई नदिन, कोही कसैले यौनजन्य प्रस्ताव राखेमा जवाफ नफर्काउन उनले आग्रह गरे ।
शाक्यले नचिनेकाभन्दा चिनेकाले बढी प्रभाव पारेको उल्लेख गरे । अध्ययन प्रतिवेदनका अनुसार अनलाइनबाट यौन प्रेरित सामग्री पठाउनेसामाजिक नेटवर्किङ साइट र इमेल प्रयोग भएको पाइएको छ । अनलाइन यौन शोषणमा परेका उत्तरदातामा ठूलो मात्रा मानसिक असर परेको पाइएको छ । उत्तरदिने क्रममा कतिपयले आफू मानसिक रुपमा समस्यामा परेको बताएका छन् । कतिपयले पढाइमा ध्यान दिन नसकेको, मर्न मन लागेको र कतिपयले लामो समयसम्म दुखी भएको बताएको अनुसन्धानकर्ता शाक्यले जानकारी दिए ।
अनलाइनमा यौन शोषणमा परेका ३सय उत्तरदाता मध्ये ४८ ले त्यस्तो प्रकारको घटनापछि विद्यालय छोडेका थिए । विद्यालय छोडेकामध्ये १५ जनाले मात्र परामर्श सेवा खोजी गरेका थिए ।३४ जनाले आफूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । यीमध्ये ९ जनाले मात्र परामर्श सेवा पाएका छन् ।
कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान र सविन नेपालका अधिकृत ध्रुव गौतमले इन्टरनेटको प्रयोगबाट गरिने यौन दुव्र्यवहारलाई रोक्न सरोकारवालाले बालबालिकालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।









वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया