सिद्धार्थ क्लबको नयाँ समितिको पदस्थापन

समाधान संवाददाता
पोखरा- सिद्धार्थ क्लब पोखराको नवनिर्वाचित समितिको पदस्थापन भएको छ । हालै भएको अधिवेशनबाट तीर्थ श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बनेको थियो ।
क्लब प्रथम उपाध्यक्षमा प्रमोदनारायण श्रेष्ठ, द्वितीय उपाध्यक्ष विजया श्रेष्ठ, निर्देशक अनिल श्रेष्ठ, सचिव इन्दिरा मर्सानी श्रेष्ठ, कोषाध्यक्ष प्रकाशमान श्रेष्ठ, सहसचिव नवराजकुमार गोठाजू छन् । सदस्यमा योजना मर्सानी, सुरेशकुमार श्रेष्ठ, विकास श्रेष्ठ र मदनकुमार मुल्मी छन् ।
कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सिद्धार्थ क्लबले वडा तथा स्थानीय संघ, संस्थासँग समन्वय गरी कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरे । उनलेवडाबाट मानवीय तथा सामाजिक गतिविधिमा आर्थिक सहयोग हुने प्रतिवद्धता जनाए ।
नवनिर्वाचित अध्यक्षश्रेष्ठले सामाजिक सरोकारका गतिविधिलाई निरन्तरता दिदै सहकार्य र समन्वय गरी दीर्घकालीन कार्यक्रम सञ्चालन गरिने बताइन् ।
सद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजूले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । कार्यक्रममा संस्थाको वार्षिक बुलेटिन ‘सिद्धार्थ आवाज’ पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष रवि मर्सानी, निवर्तमान अध्यक्ष विनोदप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया