भाइबर लेन्सहरुको सुरुआत

काठमाडौं, २७ भदौ (समाधान)
निःशुल्क र सहज सञ्चार आदानप्रदानका लागि अग्रणी एप भाइबरले प्रयोगकर्ताहरुका निम्ति भाइबर लेन्स फिचर आफ्नो मेसेजिङ प्लेटफर्ममा सुरुआत गरेको छ । यो फिचर नेपाल, भियतनाम र फिलिपिन्स सहित एपिएसी क्षेत्रमा पहिलोपटक सुरुआत गरिएको हो ।
भाइबर लेन्स फिचर स्न्याप आइएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरी तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तर्क्रियात्मक संवादहरु गर्न सक्नेछन् ।
प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तीमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ । व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् । नेपालमा भाइबर लेन्सहरु आइओएस (भाइबर भर्सन १५.५५ देखि माथिका) मा र एन्ड्रोइड (भाइबर भर्सन १५.८.०.१५ देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु भाइबर भसन १६.० बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् ।
स्वप्न सुमन, जो भाइबरसँग पहिले पनि काम गरिसकेका छन्, उनी अब आफ्नो नयाँ म्युजिकल लेन्स नेपाली बजारको लागी विशेष रूपमा सुरू गर्नका लागि पनि निकै उत्साहित छन् । ‘भाइबरसँग मेरो यो तेस्रो ठूलो सहकार्य हो र मेरा फ्यानहरुको लागि यो फिचर भाइबरमा ल्याउन पाउँदा म अत्यन्त उत्साहित छु,’ उनले भने, ‘मेरो भाइबर लेन्सलाई पनि हालै ल्याइएको मेरो अडियो स्टिकर प्याकलाई झैं मन पराइदिनु हुनेछ भन्नेमा निश्चिन्त छु ।’
नयाँ भाइबर फिचरमा इन्सटेन्ट अग्मेन्टेद रियालिटी (एआर) समावेश गरिएको छ, जसले वास्तविक वातावरणको अझ बढी अन्तरक्रियात्मक अनुभव आफ्नै औलामा प्रदान गर्ने कम्पनीको दाबी छ । सँगसँगै ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टरहरु हुनेछन् । भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरी सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्सहरु प्रयोग गरी यी फिचरहरु प्रयोग गर्न सक्नेछन् ।
भाइबरमा आफ्नै लोकल लेन्स सुरुआत गर्न गइरहेको नेपाल र भुटानका लागि कोकाकोलाकाको देशीय निर्देशक, आदर्श अवस्थीले भनेका छन्, ‘कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाइलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन् जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ ।’
‘भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो,’ एपिएसीका लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भने, ‘हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नवीन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।’
तपाईको प्रतिक्रिया