एकीकृत समाजवादीको गण्डकी अध्यक्षमा तुलबहादुर गुरुङ

न्युज कारखाना, पोखरा
नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तुलबहादुर गुरुङ चयन भएका छन् । आइतबार भएको प्रदेशस्तरीय बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
उनको अध्यक्षतामा गण्डकीमा एक सय ३५ सदस्यीय प्रदेश कमिटी पनि गठन भएको छ । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा गण्डकीबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्यहरूको बैठकले यो निर्णय गरेको हो ।
सचिवमा तनहुँका प्रतापलाल श्रेष्ठ र उपसचिवमा कास्कीकै श्रीनाथ बराल चयन भए । उपाध्यक्ष र महिला उपसचिव भने खाली राखिएको छ । अहिले नयाँ पार्टीको जिल्लास्तरीय कार्यक्रम भइरहेको छ । संगठन विस्तार र प्रशिक्षण चलिरहेको नवनिर्वाचित उपसचिव बरालले बताए ।
‘अब सबै जिल्ला, पालिका हुँदै वडा तहसम्मको कमिटी गठन र पार्टी कार्यालय स्थापना हुन्छन्,’ उनले भने, ‘प्रशिक्षण चलिरहेको छ । जिल्लास्तरीय बैठक भइरहेका छन् ।’ बरालका अनुसार ३ असोजमा अध्यक्ष माधवकुमार नेपालले पोखरामा प्रदेशस्तरीय र जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया