यस कारण गयाे पाेखरामा बिजुली

सञ्जय रानाभाट २०७८ भदौ २९ गते १७:४५

सञ्जय रानाभाट
पोखरा- पोखराको मुख्य बजार क्षेत्रमा सोमबार दिउँसो भरि बिजुली गयो । एक्कासि साँझ ६ बजे आयो । दिनभर किन गयो बिजुली ? विद्युत प्राधिकरणकी एक सुपरभाइजर विन्दु पौडेल भन्छिन्, ‘कुँडहर सबस्टेसनको सिस्टममा समस्या आयो, मर्मत गर्नै ३ घन्टा लाग्यो ।’ तर फेरि ६ बजे आएको बत्ती पनि धेरै बलेन । किन त ? पौडेल भन्छिन्, ‘एकैचोटि सबैले बत्ती बाल्ने र विद्युतीय उपकरण चलाउँदा धेरै ठाउँका ट्रान्सफर्मर पड्किए ।’


किन पड्किन्छन् त ट्रान्सफर्मर ? पौडेलका अनुसार एकैपटक धेरैजनाले बिजुली खपत गर्दा ट्रान्सफर्मरले धान्न सकेन । पोखरामा बिजुलीको माग जति छ, त्यति धान्न सक्ने ट्रान्सफर्मर नहुँदा पोखरेलीले दिनदिनै बिजुली जाने समस्या झेलिरहनुपरेको छ । सोमबार त सास्ती भयो, भयो मंगलबार पनि पोखरेलीले सुख पाएनन् । यस दिन पनि पोखराको नयाँबजारका बासिन्दा र व्यवसायीले बिजुलीको मुख देख्न पाएनन् । सुपरभाइजर पौडेलका अनुसार मंगलबारचाहिँ नयाँबजार तिरको ट्रान्सफर्मरमा समस्या आएको थियो ।

तर, सोमबार र मंगलबारमात्रै होइन, अचेल प्रायश बिजुली बत्ती नियमित छैन । झ्याप्पझ्याप्प बिजुली गइरहन्छ, आइरहन्छ । सर्वसाधारणलाई लागेको थियो—नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति भएपछि बिजुलीमा समस्या आउँदैन । तर, सोचेजस्तो अनुभव जनताले गर्न पाएका छैनन् । पद्म नर्सिङमा कार्यरत कृष्ण आचार्य फेसबुकमा लेख्छन्, ‘कुलमान भगवान थिएनन् र हैनन पनि ! फेर्नुपर्ने सिस्टम थियो ! सुधार्नुपर्ने प्राविधिक कुरा थियो ।

Advertisement

हेर्नुपर्ने व्यवस्थापन थियो । तर हामीले व्यक्तिलाई बोक्यांै । एउटा ब्यक्तिलाई भगवान ठानेर धेरै राष्ट्र सेवकहरुको अपमान ग¥यौं र त अहिले परिणाम भोग्दै छौं । हामी धेरैलाई लागेको थियो कुलमान भनेको नै बिजुली हो बिजुली भनेको नै कुलमान हो ! तर हैन रछ त ! कुलमान आए नि बत्तीको लाइन जाँदो रछ त !’


४ वर्षअघि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ अन्त्य भयो । कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमादेशलाई लोडसेडिङ मुक्त गराइयो । त्यसको ४ वर्षपछि फेरि बिजुली जाने समस्या चुलिएको छ । आजभोलि दिनहुँ झ्याप्पझ्याप्प बिजुलीजाने गरेको उपभोक्ता बताउँछन् । दैनिक बिजुली जाने समस्याले अब फेरि लोडसेडिङको तालिका आउनेमा उपभोक्ता सशंकित छन् ।

Advertisement


सोमबार र मंगलबार किन गयाे बत्ती ?
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख ई. ऋषि कुमार वरनवाल भन्छन्, ‘हामी विजुली जाने कुरा पोखरा वितरण केन्द्रको फेस्बुक पेजमा अप्डेट गछौं । भइपरि आउने समस्याले विजुली जान्छ ।’ कुडँहरमा सोमबार १३२÷ ११ केबीको सरक्यूट ब्रेकर गएर बिजुली गएको उनले बताए । मेकानिकल समस्या थियो । अहिले हामीहरुले सल्भ गयौं ।

६० वटा ट्रान्सफर्मरको फियूज गएको थियो । १ वटा जलेको उनले जनकारी दिए । मंगलबार दिउँसो ५ बजेसम्म सबैतिर बनाइसकेको उनको दाबी छ । ट्रान्सर्फमर कम हुँदा लोड बढी पर्ने उनी बताँछन् । ‘ट्रान्सर्फमर देशव्यापी समस्या हो । कास्कीमा ७ सय भन्दा बढी ट्रान्सर्फमर रहेकोमा अब ५० वटा ट्रान्सर्फमर थपे भन्यो लाइन जाने समस्या हट्छ । अहिले यो हाल्ने हामीसँग बजेट छैन । छिट्टै बजेट आएपछि ट्रान्सर्फमर थप्ने योजनामा रहेको उनले बताए । ‘सोमबार ४ घण्टा बिजुली गयो ।

बेलुका ६ बजे लाइन आउँदा सबैले एकै चोटि रोकिएका काम गर्दा लाइन गएको हो,’ उनले भने । धेरै ठाउँमा ट्रान्सर्फमर फियूज गएर समस्या आएको उनले सुनाए । वितरण केन्द्रले मंगलबार बिहान ३ बजे सम्म ट्रन्सफरर्मर बनाएर सेवा प्रवाह गरिरहेको उनले दाबी गरे ।


बिजुली काटिने अन्य कारणहरु पनि रहेको उनी बताउँछन् । उनका अनुसार सवारी दुर्घटना, आगो, हावाहुरी, चट्याङका कारण विद्युत अवरुद्ध हुने गरेको छ । उनी थप्छन्, ‘४० वर्ष पुराना पोलहरु छन् । हावाहुरी आउँदा लड्ने भाँचिने गर्दा विद्युतअवरुद्ध हुन्छ । लोडसेडिङ तालिका सर्वजनिक गर्न पर्ने अवस्था छैन ।’सडक विस्तार,टेलिकम, नेटका तार, खानेपानी पाइपका कारण पनि विद्युत मर्मत गर्न ढिलाइ गरेको हुने बताए ।


‘कुन ठाउँमा कति बेला भार बढ्छ थाहा हुँदैन । कुनै ठाउँमा ओभरलोडका कारणले पनि विद्युत जान्छ । यस्तो ठाउँमा अर्को फिडर थपेर लोड कम गर्नुपर्छ ।
कास्कीमा दैनिक ३० मेगावट बिजुलीको माग छ । जिल्लामा ७८ हजार ७७ जना उपभोक्ता छन् । लोड बढ्दो छ । तर फिडर कम हुँदा लगातार बत्ती जाने गरेको उनले बताए । कास्कीभर ९.८२ प्रतिशत बिजुली चुहावट छ ।


‘कुन ठाउँमा कति बेला भार बढ्छ थाहा हुँदैन । कुनै ठाउँमा ओभरलोडका कारणले पनि विद्युत जान्छ । यस्तो ठाउँमा अर्को फिडर थपेर लोड कम गर्नुपर्छ । अहिले लाचोकमा एउटा फिडर बन्दै छ,’ उनले भने, ‘प्रसारण विद्युतहरु एकतर्फी हुँदा पनि बिजुली मर्मत गर्दा समय लाग्ने र धेरै ठाउँमा बिजुली काट्नुपर्ने कारणले समस्या आउँछ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया