स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

समाधान संवाददाता २०७८ भदौ ३० गते १२:०८

रासस-स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ ।

घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको हो । तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ्ग सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता वापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

Advertisement

सो कार्यक्रमअन्र्तगत सुत्केरी हुने महिलालाई वर्षमा एक पटकका लागि रु एक हजार दुई सय भत्ता वापत रकम दिने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर लुगासमेत दिने गरिएको छ । पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिन थालेपछि मातृ–शिशु मृत्युदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया