तनहुँमा टिकटक बनाउँदा युवती सेतीमा वेपत्ता

समाधान संवाददाता २०७८ भदौ ३० गते १२:४७

तनहुँ-टिकटक बनाउने क्रममा सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन् । शुक्लागण्डकी ८ तालिमकी १९ वर्षीया पवित्रा लम्साल वेपत्ता भएकी हुन् । प्रहरीका अनुसार पुलचोकस्थित रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी बेपत्ता भएकी थिइन् ।


साथीहरुसँग मंगलबार दिउँसो गार्डेन पुगेकी उनले ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ । प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अन्ुसार युवती साथीहरुसँग गएकी थिइन् । नदीमा खसेर बेपत्ता हुनासाथ खोजी तीव्र पारिएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया