मानव सेवा आश्रममा एम्बुलेन्स

समाधान संवाददाता २०७८ भदौ ३० गते १३:१८

पोखरा- मानव सेवा आश्रम पोखराले एम्बुलेन्स सुरु भएको छ । मंगलबार गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एम्बुलेन्स सेवा सुरुआत गरे ।
गुरुङ नेतृत्वको अघिल्लो सरकारले एम्बुलेन्स किन्न १० लाख रुपैयाँ दिएको थियो । त्यसमा ५ लाख आश्रमले थपेर एम्बुलेन्स सञ्चालनमा ल्याएको आश्रमका कास्की संयोजक राजन सापकोटाले जानकारी दिए ।


एमाले सचिवसमेत रहेको गुरुङले सरकारमा जो आए पनि मानव सेवा आश्रमलाई साथ, सहयोग गर्नुपर्ने बताए । ‘आश्रम निस्वार्थ भावनाले लागेकाले यहाँ जुनसुकै दलको सरकार भए पनि खुलेर सहयोग गर्नुपर्छ,’ उनले भने । यसरी निस्वार्थ सेवामा लाग्नेहरु धर्तीमा थोरै हुने उल्लेख गर्दै उनले सेवाको सम्मान र सक्नेले सहयोग गर्नुपर्नेमा जोड दिए ।


Advertisement

बेसाहारा, अशक्त, अनाथ, अभिभावकविहीनलाई आश्रमले साथ दिँदै आएको छ । सबैका लागि खान, नाना र छाना भन्ने नाराका साथ अघि बढेकाले मानव मुक्त समाज बनाउनुपर्ने आश्रम संयोजक सापकोटा बताउँछन् ।

Advertisement


आश्रमले अहिलेसम्म साढे २ जनलाई परिवारमा पुनर्मिलन गराएको छ । अहिले मावन सेवा आश्रमका पोखरामा २ शाखा छन् । डेभिजफलमा ७१ जना र हेमजा शाखामा ९५ जना आश्रित छन् ।

तपाईको प्रतिक्रिया