अनलाइन पत्रकार र प्रेस चैतारीद्वारा मिडिया विधेयकको विरोध
समाधान संवाददाता
२०७८ भदौ ३१ गते १३:३१

समाधान संवाददाता
पोखरा– गण्डकी प्रदेशको ‘आमसञ्चार विधेयक’को अनलाइन पत्रकार संघ गण्डकी र प्रेस चैतारी कास्कीले विरोध जनाएका छन् ।
बिहीबार संघका अध्यक्ष कमल सुवेदी र चौतारीका अध्यक्ष अर्जुन गिरीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकालेर विरोध जनाएका हुन् ।
प्रदेश सरकारले ल्याएको विधेयकले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको ठहर ती संस्थाले गरेका छन् । विधेयक तत्काल फिर्ता गरी सरोकारवालाहरुसँग बृहत् छलफल र पुनर्लेखनल गर्न उनीहरुको माग छ ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतलाई अप्ठेरो पार्न ल्याइएको विधेयक प्रदेश सभामा हतार–हतार पेस गरिनुले शंका उत्पन्न भएको प्रेस चौतारीले जनाएको छ । ‘प्रेस स्वतन्तविरोधी विधेयकको विरोधमा उत्रन सबै संघसंस्थालाई अपील गर्दछौं,’ चौतारीको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया