पोखराका २ पत्रकार प्रेस काउन्सिलबाट पुरस्कृत हुँदै

समाधान संवाददाता २०७८ भदौ ३१ गते १४:०७

समाधान संवाददाता
पोखार–पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई प्रेस काउन्सिलले वार्षिकोत्सवमा अवसरमा पुरस्कृत गर्न लागेको हो । यस अवसरमा पोखराको २ पत्रकार बद्रिविनोद खनाल ‘प्रतिक’ र जमुना शर्मा ‘वर्षा’ प्रेस काउन्सिलको पत्रकारिता पुरस्कारमा छनोट भएका हुन् ।


प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट प्रेस स्वतन्त्रता सेनानी एवं बरिष्ठ पत्रकार प्रतिक पुरस्कृत हुँदैछन । प्रतिक ले १ लाख १० हजार राशीको पुरस्कार पाउँदैछन । त्यस्तै, ‘प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना शर्मा ‘वर्षा’ पुरस्कृत हुँदैछन ।

Advertisement

तपाईको प्रतिक्रिया