थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आयाे

समाधान संवाददाता २०७८ असोज १ गते १५:३२

काठमाडाैं- चीनबाट नेपालमा ४४ लाख डोज भेरोसेलको खोप आएको छ । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।


स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा। सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो। अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आएको र थप खोप पनि ल्याउन कुराकानी भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया