लेखनाथ उद्योग वाणिज्य संघ चुनाव

सरोकारवालालाई झक्झक्याउँछुः भरतकुमार अधिकारी

भीमपाणि बराल २०७८ असोज १ गते १९:३२

विनोदकुमार श्रेष्ठका प्रतिश्पर्धी भरतकुमार अधिकारीले अघिल्लो कार्यकालमा अध्यक्षमा दाबी गरे पनि छाडेपछि संघमा सर्मसम्मत नेतृत्व चुनिएको थियो ।


शनिबार हुने संघको १३ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका भरतकुमार अधिकारीले आफूलाई नयाँ, पुराना दुवै व्यवसायी, उद्योगीको साथ रहेको बताएका छन् । मत माग्दै घरदैलोमा रहेका अधिकारीले मतदाताले संघमा गरेको योगदान, व्यक्तित्व र अपेक्षा अनुरुप उम्मेदवार छान्ने अपेक्षा गरे । गत अधिवेशनमा अध्यक्ष पदमा चुनाव लड्ने चर्चा चलेका उनी एकाएक पछि हटेका थिए । उनी पछि हटेपछि बलराम ढकाल सर्वसम्मत अध्यक्ष बनेका थिए ।


विस २०६६ मा कार्यसमिति सदस्य हुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेका अधिकारी २ कार्यकाल सदस्य, २ कार्यकाल उपमहासचिव र १ कार्यकाल महासचिव बनिसकेका छन् । व्यक्तिगत व्यवसायमा समेत अब्बल अधिकारीको वरिष्ठ उपाध्यक्षमा परेको आफ्नो उम्मेदवारीलाई उद्योगी, व्यवसायीले अनुमोदन गर्ने अपेक्षा गरेका छन् । संघमा लामो समय काम गरेको अनुभव, सीप र दक्षता संघमै उपयोग गर्ने इच्छाले आफू मैदानमा आएको उल्लेख गर्दै उनले मतदाताले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरे । आफू विजयी भएमा व्यवसायीको हकहित संरक्षण र कोभिड महामारीले पु¥याएको क्षतिमा महलम लगाउन सरोकारवालालाई झक्झक्याउने उनले बताए ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया