व्यवसाय

घर सम्हाल्दै, व्यवसायमा छलाङ

श्याम रानामगर २०७८ असोज २ गते ११:३७

घर सम्हाल्नु । व्यवसायमा पनि छलाङ मार्नु ! दुवै एकसाथ गर्नु चानचुने होइन । महिलाहरु घरभित्रै सीमित हुनुपर्छ भन्ने परम्परा भत्काउनु झन ठूलो दुस्साहस हो । सीमा नाघेर जो अघि बढ्छ, अन्तिममा उसैले बाजी मार्छ । हो, व्यवसायी रेणु थापा समाजको विद्यमान परम्परा भत्काउँदै व्यवसायमा लागिन् । झन्डै दुई दशकदेखि पर्यटन व्यवसायमा आबद्ध रेणु पोखराको सफल पर्यटन व्यवसायीको रुपमा गनिन्छिन् ।


पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा थापाको ३ व्यवसाय सञ्चालनमा छ । ‘व्यवसायमा आबद्ध भएको त १५÷१६ वर्ष भइसक्यो । सुरुमा जागिरबाट सुरु गरेका थियौं । अहिले आफैंले व्यवसाय चलाउन थालेका छौं,’ रेणुले सुनाइन्, ‘आफ्नो व्यवसाय सुरु गरेको १२÷१३ वर्ष भइसक्यो । व्यवसाय हामीले ट्राभल ट्रेकिङ र मनी चेन्जर गरेर तीन वटा व्यवसाय चलाइरहेका छौं । टुरिजमलाई नै फोकस गरेर ।’
कम्युनिटी नेपाल टुर्स एन्ड ट्राभल, ट्रेक एन्ड क्लाइम्ब एड्भेन्चर, अलफाइन मनि चेन्जर थापा दम्पतीले व्यवसाय चलाएका छन् ।
श्रीमान्, श्रीमती बराबरी भनिन्छ, श्रीमान्, श्रीमती एक रथका दुई पांग्रा हुन् । दुवै मिले संसार हाँक्न सकिन्छ । थापा दम्पती दुवै व्यवसायमा उत्तिकै लागि परेका छन् । श्रीमान् श्रीमती दुवैजना उत्तिकै खटिन्छन् । ‘दुईजनाले डिभाइड गरेर हेरेका छौं । म्यानेजमेन्ट मैले हेरें भने मार्केट उहाँले हेर्नुहुन्छ,’ उनले भनिन् ।


झण्डै दुई वर्षअघि देखा परेको कोभिड १९ संक्रमणो महामारि फैलिएपछि अहिले पर्यटन व्यवसाय ठप्प छ । घुमफिर गर्नेहरु बाहिर निस्किन पाएका छैनन् । ‘अहिले टोटल्ली बन्द । बिचमा कोभिडको लहर आउँदा केही समयका लागि होला भन्ने सोच्यौं । आफ्नो कर्मचारीलाई घरमा पठायौं । खुलेपछि पुन बोलायौं । फेरि कोरोनाले बन्द भइसकेपछि लङ टर्म जाने देखियो,’ उनले भनिन्, ‘स्टाफहरु त प्राय घरमै हुनुहुन्छ । धेरै जसो । केही पार्सियल्ली स्टाफ हुनुहुन्छ । उहाँहरुलाई व्यवस्थित गरेर राखेको छौं ।’

Advertisement


कोभिड महामारि अझैं रोकिने छाटकाँछ छैन । महामारि लम्बिदै जाँदा कामदारलाई बिदामा पठाउनु परेको उनले सुनाइन् । दुवै जना श्रीमान्, श्रीमती उत्तिकै खटिने हुँदा कामदार धेरै नचाहिने उनले बताइन् । ‘ट्रेकिङमा हाम्रो फिक्स कामदार हुन्न । विभिन्न कम्पनीवाइज रन गर्नु भएको हुन्छ । आफ्नो कन्ट्याक्टमा भएको स्टाफ हुन्छ भनेट्राभलको एकजना हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँ अहिले घरमै हुनुहुन्छ । आफैले पनि काम गर्ने भएकाले स्टाफ पनि धेरै नचाहिने ।’


महिलाका धेरै जिम्मेवारी हुन्छन् । पहिलो जिम्मेवारी घरपरिवार भइहाल्यो । घर सम्हाल्नै प¥यो । धेरै जसो महिला घर गृहस्थीमै अल्झिरहेका हुन्छन् । यद्यपि, समय व्यवस्थापन गर्न सके घर गृहस्थी सकेर पनि आफूलाई विकास गर्न सकिने उनले सुनाइन् । ‘टाइम म्यानेजमेन्ट जति व्यवस्त भयो त्यति सशक्त भएर जाँदो रहेछ । जति फुर्सदिलो भयो त्यति अव्यवस्थित भइन्छ,’ उनले भनिन्, ‘पहिला हामी एकदमै व्यस्त थियौं । व्यवसाय घर । आफ्नो इष्ट मित्र बच्चाहरुलाई टाइम दिन पथ्र्यो । दिइराखेका पनि थियौं । यतिबेला व्यवसाय बन्द छ । त्यही टाइम पनि हामीलाई नपुगेको जस्तो भइरहेको छ । म्यानेजमेन्टको पाटोमा आफूले चुस्त रुपमा म्यानेज गर्न सके सबै सम्भव । परिवार व्यवस्थापनको लागि २, ४ घण्टा अघि समय निकालेर सबै कुरा सम्भव छ । त्यस्तो गाह्रो खासै अप्ठेरो भन्ने पनि छैन ।’

Advertisement


परिवारको साथ सहयोगले पोखरेली पर्यटन व्यवसायमा स्थापित थापा परिवारको साथ पाए सबै कुरा सम्भव हुने बताउँछिन् । ‘बिजनेसमा होमिन परिवारकै साथ र सहयोग भएकै कारणले पनि होला । बच्चाहरु पनि त्यही माहोलमा गयो । बुझ्ने त्यही भएकाले खासे समस्या भोग्नुपरेको छैन,’ उनले भनिन्, ‘अहिले घरपरिवार बच्चाहरुलाई नै फुल्ली टाइम दिइरहेका छौं । घरबाट निस्किन यताउति गर्न पनि रिस्क नै छ ।’
महिलाले आफूलाई कमजोर आँटे सधै पछि परिने रेणु बताउँछिन् । महिला भएकै कारण आफ्नो जिम्मेवारी पुरुषको हातमा छ भन्ने महिलाले सोच्न नहुने उनले बताइन् । ‘हाम्रो नेपालमा के छ भने एउटा महिलालाई बिहे नगरुन्जेल आमाबाबुको कर्तव्य हुन्छ । बिहे गरेपछि श्रीमान्को कर्तव्य हुन्छ । ऊ जसरी पनि पालिनुपर्छ । भन्ने एउटा नीति नियम छ नि त्यसमा मात्रै सीमित नभई दिनुस् हाम्रा दिदी बैनी,’ उनले भनिन् ।


आफूले इच्छाएको काम, आफूले जानेको काम गरेमा सफल होइने उनको भनाई छ । व्यवसायमा लागे पनि जागिर नै गरेता पनि सीप मुलक काम गर्न उनी सुझाउछिन् । अबको समय उद्यमशील बन्नुपर्ने उनी बताउँछिन् । ‘जसरी गए पनि आफ्नो आय आर्जन र आर्थिक क्तीकरणतर्फ जानुभयो भने हाम्रो जीवनको पाटो धेरै सहज हुने गर्छ । यति गर्नुभयो भने आफूले केही गर्न अरुको निर्णयमा भर पर्नुपर्दैन,’ उनले भनिन् , ‘आफूले स्वयम निर्णय लिन सकिन्छ । आफू सशक्तीकरण भई सकेपछि आफू बलियो होइन्छ । बलियो मानसिकता हुन्छ ।’


अर्काको देखासिकी गरेर भने व्यवसायमा सफल हुन सकिन्न । देखेको भरमा हुँदैन । जब तपाई गहिरिएर बुझ्नुहुन्छ । बाहिर निस्किन नपर्ने गरेर । तब बुझ्नुहुन्छ व्यवसायको अर्थ । बुझेर गहिरिएर अध्ययन गरेर मात्रै व्यवसायमा लाग्न उनी सुझाउछिन् । एकपटक लागि सकेपछि व्यवसायमा धैर्यता गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘आउनेबित्तिकै केही फल्ने पनि होइन । यसमा घाटा पनि हुन सक्छ । त्यो घाटालाई तपाईंले आफ्नो सिकाइको रुपमा लिएर धैर्य गर्नु भयो भने व्यवसायमा एक न एक दिन सफलता मिल्ने छ,’ उनले भनिन् ।


महिलाहरुलाई घरभित्रै बाँधिएर बस्नुपर्ने बाध्यता रहे पनि आफूलाई भने घरभित्रै बाँधिनुपर्ने बाध्यता नरहेको उनले सुनाइन् । घरबाट त्यस्तो खालको वातावरण भोग्नु परेन । महिलाहरुले आफैं सक्षम हुन चाहे पनि समाजले धेरै कुरा काट्छन् । तर, आफू सक्षम भए लागि सकेपछि समाजले पनि केही भन्न नसक्ने उनको तर्क छ ।


व्यवसाय सँगसँगै रेणु विभिन्न संघसंस्थामा पनि आबद्ध छिन् । अझैं पनि महिलाहरु कुनै नेतृत्व गर्ने तहमा नपुगेकोमा उनको चित्त दुखाई छ । ‘महिला भएको कारण त्यहाँ पुग्न नदिने, डिसिजन मेकरका रुपमा जान महिलालाई बार लगाउने । परिपाटीदेखि रहेका छौं । त्यो स्टेपमा म पनि जाँदै छु,’ उनले भनिन्, ‘हामीभन्दा अग्रज दिदीहरुलाई यो महिलाले के डिसिजन लिन्छ ? केही ठाउँमा त्यसरी हेरेको पनि केही ठाउँमा देखेका छौं । अहिलेसम्म त्यस्तो भोगेका छैनौं । अगाडि जाँदा के हुन्छ ? हेरौं ।’


पर्यटन व्यवसायी महिला संघ नेपाल त्यसको अध्यक्ष हुन्, उनी । पर्यटन क्षेत्रमा आबद्ध महिला र व्यवसायमा आबद्ध हुन चाहने मलिालाई संस्थाले प्रेरित गर्ने साथै तालिमको पनि व्यवस्था गर्ने गरेको छ । महिलाहरुको सशक्तीकरणका लागि हामीले त्यो संस्था दर्ता गरेका उनले सुनाइन् ।
टुरिजम सँग सम्बन्धित संघ संस्था बढी नै भए पनि सहभागीता न्युन छ । ‘हामीलाई पनि घरबाट छुट थियो । जानुपर्छ । सिक्नुपर्छ भन्ने वातावरण हामीलाई थियो । हामीले केही कुरा सुन्थ्यौं । बुझ्थ्यौं,’ उनले भनिन्, ‘त्यसरी नै आफूलाई बिजनेसमा पनि डेभलप गर्न सक्यौं । कतिपय दिदी बहिनीले त्यो पनि पाउनु भएन ।’ पुरुषलाई आवश्यक छ भने महिलालाई पनि त त्यो कुरा आवश्यक हुने उनको भनाइ छ ।

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया