मुस्ताङकी सुकुनको उद्यमशील यात्रा

समाधान संवाददाता २०७८ असोज २ गते २१:३८

मुस्ताङको घरपझोङ—२ मार्फाकी सफल महिला उद्यमी सुकुन रसाईलीको मार्फामा फलफुल तथा प्रशोधन केन्द्र संञ्चालनमा छ । मुस्ताङमा उत्पादित कृषिजन्य सामाग्रीको प्रर्वद्धन तथा स्थानीय कृषि उपजको प्रशोधन गरी विभिन्न परिकार निर्माण गर्ने उद्देश्यले २०७० सालमा उनले उद्योग स्थापना गरेकी थिईन ।
उद्योग गर्नुअघि सुकुन होटल ब्यवसाय तथा समाजसेवीको रुपमा कार्यरत थिईन् ।हिमालपारी उत्पीडित परिषद मुस्ताङको उपाध्यक्ष,महिला मानवअघिकार रक्षक संञ्जालकी अध्यक्ष,विपद् ब्यवस्थापन समिति सदस्य,मानव बेचबिखन तथा ओसार÷पोसार बिरुद्ध समिति सदस्य लगायतका विभिन्न संघसंस्थामा उनी आवद्ध छिन् । मार्फामा फलफुल प्रशोधन उद्योग संञ्चालन गरेपछि उनले होटल तथा समाजसेवालाई निरन्तरता दिदै महिला उद्यमशिलतामा समेत समर्पित हँुदै आईरहेकी छिन् ।महिला उद्यमी सुकुनले उद्योग स्थापना गर्नुअघि होटलका साथै सामान्य घरेलु प्रविधिको माध्यमबाट स्याउको विभिन्न परिकार तयार गर्ने गरेकी थिईन् । उद्योग गर्नुअघि उनको होटलमा आउने आगन्तुक पर्यटकले ब्यवसायिक रुपमा उद्योग संञ्चालन गर्न प्रोत्साहित गरेपछि उनले मार्फामा फलफुल प्रशोधन केन्द्र सुरु गरेकी थिईन् ।हिमालपारीको पर्यटकिय गाउँ मार्फामा स्थानीय उत्पादनलाई प्रशोधन विधि मार्फत उद्योगको रुपमा संञ्चालन गर्दे आईरहेकी सुकुन अहिले जिल्लाकै सर्वउत्कृष्ट महिला उद्यमीको रुपमा स्थापित भईसकेकी छिन् । महिला उद्यमी सुकुनले मुख्यगरी मुस्ताङमा उत्पादित स्याउको सुकुटी,स्याउको केन्डी,स्याउको जाम, आलुको चिप्स,खुर्पानीको सुकुटी र जाम,सिस्नोको धुलो,रायो सागको गुन्द्रुक,अदुवाको केन्डी टिमुरको छोप लगायतका परिकार बनाएर बिक्रि गर्ने गरेकी छिन् भने उनको उद्योगमा स्थानीय स्तरमा पाईने लोकल जिम्बु,लोकल दाल,ब्रान्डी,लोकल दाल आदी पाईने गर्छ
सुकुनको अहिलेको महिला उद्यमशिलतामा हिमाली उपआयोजनाले महत्वपूर्ण योगदान छ ।२०७० सालमा उच्चपहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली आयोजना )ले ग्रामिण भेकका महिला उद्यमशिलतालाई स्वरोजगार तुल्याउन जोड दिएपछि सुकुनको उद्यमशिलता अघि बढेको थियो । ८ वर्ष अघि फलफुल प्रशोधन उद्योग दर्ता गरेकी सुकुनको उद्योग स्थापित हुन ३ वष समय लागेको थियो ।निकै कठिन मेहनतका बावजुद उनले उद्योग विस्तारलाई अघि बढाएपछि उनी जिल्लाकै नमूना महिला उद्यमी बन्न सफल भईन् । सुरुवाती चरणमा हिमाली उपआयोजनाको १९ लाख अनुदान र निजी २५ लाख गरी कुल ४४ लाख लगानीमा उनले उद्योग स्थापना गरेकी थिईन् ।उनको उद्योगलाई चाहिने प्रशोधन उपकरण खरिदका लागि ८० प्रतिशत अनुदान सहुलियतमा जिल्ला घरेलु उद्योग कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

यस्तै, उनको उद्योगलाई गण्डकी प्रदेश सरकारले स्टोर रुम निर्माण गर्न ५ लाख अनुदान सहयोग गरेको थियो । महिला उद्यमी सुकुनले महिला उद्यमीलाई सरकारले प्रोत्साहन र आर्थिक सहयोग गरे मात्र महिला उद्यमशिलताको विकास हुने उल्लेख गरेकी छिन् । उद्योगका लागि विभिन्न योजनाको प्रतिवेदन घरपझोङ गापालाई पेश गरेपनि स्थानीय सरकारले त्यसमा चासो दिन सकेको छैन ।
सुकुनको उद्योगमा उत्पादन भएको सामाग्री मुस्ताङ लगायत जिल्ला बाहिर चितवन,कञ्चनपुर, बुटवल,काठमान्डौ र पोखरा लगायतका क्षेत्रमा निर्यात हुने गर्छ ।उनले दिएको जानकारी अनुसार कोरोना कहरअघि प्रशोधन उद्योग राम्रो चलेको तर उद्योगमा उत्पादन भएका सामाग्री जिल्ला बाहिर पु¥याउन ढुवानीमा समस्या पर्ने गरेको बताईन् ।

महिला उद्यमी सुकुनको उद्योग कोरोना कहरअघि राम्रो चलेपनि कोरोना कहरपछि भने ठप्प छ । गत वर्ष उनले तयार पारेका करिव ७ लाख मुल्य बराबरको कृषि उपज प्रशोधन सामाग्री बिक्रिी हुन नसकी नष्ट भएको उनले जनाएकी छिन् ।अहिले पनि ठाउँ÷ठाउँबाट सामाग्री खरिदका लागि अर्डर आउने गरेको र कोरोनाकै कारण उत्पादित सामाग्री बिक्री नहुने होकी भन्ने चिन्ता उनमा थपिएको छ ।

Advertisement

समाजसेवा र उद्यमशिलतामा सक्रिय महिला उद्यमी सुकुन विभिन्न पुरस्कार तथा सम्मानले समेत सम्मानीत भईसकेकी छिन् ।महिला उद्यमशिलतामा योगदान दिए वापत उनले राष्ट्रपतीबाट उत्कृष्ट राष्ट्रिय महिला उद्यमी पुरस्कार २०७४,राष्ट्रिय नागरिक विकास समाज,वरिष्ठ समाजसेवी तथा महिला उद्यमी सम्मान २०७४ लगायतका दर्जनौ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन् ।यस्तै, नेपालका हिमाली तथा उच्चपहाडी १० जिल्लामा हिमाली उपआयोजनाले लगानी गर्दे आएकोमा सुकुनको उद्योग ४ वर्षअघि पुस्तकमा समेटिएको थियो।

हिमाली आयोजनाले मुस्ताङमा कृषि विषय अन्तर्गत विभिन्न क्षेत्रमा लगानी गरेकोमा सुकुनको उद्योग उत्कृष्ट उद्योग बारे पुस्तकले समेटेको थियो । नेपाल सरकार पशुसेवा विभाग अन्तर्गत हिमाली आयोजनाको लागि एग्रीफुड कन्सल्टीङ ईन्टरनेशनलद्धारा उच्चपहाडी भेगमा कृषि व्यवसायका असल अभ्यासहरु ःहिमालीको सिकाई पुस्तिकामा सुकुनको मार्फा फलफुल तथा तरकारी प्रशोधन वारे विस्तृत जानकारी दिलाईएको छ ।जिल्लामा भित्रिएको हिमालीले भाग्य खोल्न सफल भएकी सकुन अहिले एक उद्यमी मात्र होईन,उनले जानेका सिकेका शिपमुलक शिक्षा अरुलाई समेत बाड्ने प्रशिक्षकको भूमिका पनि निभाउने गरेकी छिन्।

Advertisement

सन् २००२ मा बैदेशिक रोजगारका क्रममा विदेश पलायन भएका श्रीमानलाई स्वदेशमै फर्किएर केही गर्न सकिने भन्दै उद्योग व्यवसायमा सघाउन श्रीमानलाई घर फर्काएकी थिईन् । उनको उद्योगमा श्रीमानसहत अन्य २ जनालाई नियमित रोजगार दिएकी छिन् भने सिजनको बेला करिव डेढ दर्जन मजदुरलाई अल्पकालिन रोजगार दिने गरेकी छिन् ।

महिला उद्यमी सुकुनले जिल्लामा उत्पादित कृषिजन्य पदार्थ खरिद गरी विभिन्न परिकार बनाएर मुस्ताङको कोशेलीको रुपमा बिक्री गर्ने गरेकी छिन् ।

तपाईको प्रतिक्रिया