पोखरामा उपाय सिटी कार्गोको सेवा

पोखरा-सुरु गरेको छ । पोखरामा ९ महिना अघिदेखि सेवा सुरु गरेकोे कार्गोले शुक्रबारदेखि औपचारिकता दिएको हो । उपाय सिटी कार्गोले डिजिटल ढुवानी सेवामा मेरुदण्ड बन्ने दुर्दर्शिता बोकेको कम्पनीले जनाएको छ ।
युकेएडको अनुदान प्राप्त सीप परियोजनाको साझेदारीमा उपाय सिटी कार्गोले इंट्रासिटीमा साना व्यवसायका साथै व्यक्तिहरूमा अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि पनि ढुवानी सेवा सुरु गरेको कार्गोका अध्यक्ष सुमन रायमाझीले जानकारी दिए ।
२ पांग्रे सवारीमार्फत सेवा सुरु गरेसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने उनले जानकारी दिए । उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरेर रोजगारको सम्भावना उजागर गरेको उनको भनाइ छ । सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई समेट्ने कम्पनीले बताएको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले पोखरामा आएको कार्गोले सबैलाई सहज बनाउने उनको धारणा व्यक्त गरे ।
जनताका लागि सस्तो र सुलभ सेवा दिएर सबैको मन जित्न शुभकामना दिए । कार्गोलाई सफल बनाउन आफूले सकेको सहयोग गर्ने बताए ।
सीप र उपाय सिटी कार्गोको साझेदारीले आप्रवासी कामदारहरु, महिलाहरु, र अन्य सामाजिक आर्थिक रूपले विपन्न समूहहरुलाई लक्षित गरेको छ । कार्गो प्रयोग गर्दा सजिलो र सस्तो सुविधा प्राप्त हुने साथै समयको बचत हुने कम्पनीका सुवोध थापाले जानकारी दिए ।
नेपालको सबैभन्दा सुदृढ डिजिटल ढुवानी कार्गोको लक्ष्य रहेको उनले बताए । काठमाडौं, पोखरा, बटवल र भैरहवामा शाखा विस्तार गरेको कार्गोले अहिले सम्म २ हजार ५ सय ड्राइभर र ८ हजार भन्दा बढिलाई सेवा दिइसकेको छ ।









ठिही थेग्न गुइँठाको भर
गण्डकीमा राष्ट्रिय सभा चुनावको जोडघटाउ
सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया