खोज अनुसन्धान
नेपालमै पहिलो पटक उपल्लो मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो
फोटो ः रामबहादुर गुरुङ ( लोमान्थाङ )

जोमसोम
नेपालमा पहिलो पटक दुलर्भ प्रजाती नया चरा भेटिएको छ ।नेपालका लागि उपल्लो मुस्ताङमा “ठेउवा’प्रजातीको नया चरा भेटिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ,ईलाका संरक्षणक्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।
‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलो पटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो ।
धार्मिक कलासंस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साता अघि सो प्रजातिको तस्बिरहरू कैंद गरेका थिए ।
पर्यटनकर्मी गुरुङले कैंद गरेका तस्बिरहरु सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आँकलन गरिएपनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम÷लोमान्थाङका कार्यालय प्रमुख एवम् संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो । तस्विर खिचेर पठाएका एक्याप उनले उक्त प्रजातीको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त भए ।
चराको थप पहिचानको पुष्टि गर्नका लागि नेपाल र बाहिरका चरा विज्ञहरूलाई सो चराको विभिन्न तस्बिरहरू पठाइयो । बेलायती चरा विद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चरा विदहरु डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्य लगायतले सो चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म सो चरा नेपालमा अभिलेख नभएको बताएका छन् ।
चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताएका छन् । गुरुङ चरा सम्वन्धि अवलोकनमा बिशेष रुचि राख्ने गर्छन् ।

यस्तै, संरक्षण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनुसन्धानको आवश्यकता रहेको औल्याए ।“नयाँ प्रजातीको चरा कसरी यस क्षेत्रमा आयो ? यिनको अवस्था कस्तो छ? उनले भने “ यसका लागि हामीले थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’
अर्का वरिष्ठ चरा विज्ञ डा. हेम सागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा विल्कुल नयाँ प्रजाती दावी गरे । ‘वास्तवमा यो चरा नेपालमा पाइन् सक्छ भनेर यसमा रुचि राख्ने बिज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे ,अन्तत चरा उपल्लो मुस्ताङमा पो भेटियो ,उनले भने “ यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ , यो चरा वयस्क चरा भने होइन ।’ उनका अनुसार यि चराहरु वयस्क हुँदा नयाँ ÷नयाँ ठाउँमा जाने कारणले आएको हुन् सक्ने र यसको बारेमा थप खोज गरिनु पर्ने जनाए ।
यो प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाईने चराको सख्या ५ सय १९ पुगेको छ ।
समाचार सरक्षण अधिकृत ऋषि बरालको सहयोगमा तयार पारिएको हो ।
फोटो क्याप्सन ः रामबहादुर गुरुङ ( लोमान्थाङ )
नेपालमा पहिलो पटक भेटियो नया प्रजातीको चरा

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया