स्वास्थ्य अपडेट

पाेखराका मेयरकाे शल्यक्रिया सर्‍याे

पिसावमा इन्फेक्शन देखियाे, विहिबार फेरि परिक्षण हुने

समाधान संवाददाता २०७८ असोज ४ गते १२:३४

पाेखरा । पिसावमा इन्फेक्शन देखिएपछि पाेखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीका शल्यक्रिया आज हुन सकेन । अपरेशन थिएटरमा लैजानु अघि मेयर जिसीकाे स्वास्थ्य जाँच गर्दा पिसावमा इन्फेक्शन देखिएकाे हाे ।

चिकित्सकले उनकाे पिसाबकाे इन्फेक्शन ठिक गर्ने औषधि दिएर पठाएका छन् । विहिबारसम्म साे औषधी सेवन गरेपछि फेरि परिक्षण गरिने र इन्फेक्शन ठिक भएमा साेही दिन शल्यक्रिया हुन सक्ने चिकित्कहरुले बताएका छन् ।

मष्तिस्कघातका कारण २ महिनादेखि काठमाण्डाैं उपचाररत मेयर जिसीकाे स्वास्थ्यमा उल्लेख्य सुधार भएकाे निष्कर्षसहित चिकित्सककाे टाेलीले आज अन्तिम शल्यक्रियाकाे तयारी गरेकाे थियाे ।

Advertisement

मेयर जिसीकाे बाँसबारीस्थित न्यूराे हस्पिटलमा विहान ९ बजेपछि कार्निओप्लाष्टी शल्यक्रिया हुन लागेकाे उनका जिसीका प्रेस संयाेजक माधव बरालले समाधानलाई जानकारी दिएका थिए ।

कार्निओप्लाष्टी सर्जरी भनेकाे टाउकाेकाे माथिल्लाे भागकाे हड्डी प्रत्याराेपण गर्ने हाे । मतिष्तस्कघातका कारण टाउकाेकाे भित्री भाग सुन्निएपछि साे हड्डी बाहिर निकालेर उपचार गरिएकाे थियाे । भित्री घाउ ठिक भएपछि साे हड्डी प्रत्याराेपण गर्न गरिन्छ ।

Advertisement

गत साउन १ गतेदेखि बिरामी मेयर जिसीलाई साेही दिन हेलिकाेप्टरबाट काठमाण्डाैं लगिएकाे थियाे ।

तपाईको प्रतिक्रिया