लेखनाथ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

दुई दिन पछि परिमाण, कांग्रेस निकटका ब्यवसायीको वर्चश्व

भीमपाणि बराल २०७८ असोज ५ गते १३:३८

लेखनाथ उद्योग वाणिज्य संधको २५ औँ वार्षिक साधारण सभा तथा १३ औं महाधिवेशनले नयाँ नेतृत्व चयन भएका छ। महाधिवेशनमा यस अघि नै अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल निविरोध निर्वाचित भईसकेका थिए । अन्य पदका लागि भने चुनाव भएको थियो ।

शनिबार भएको मतदानमा २ दिनपछि सोमबार मतगणना सकिएको हो । राति अबेर गरि आएको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले आफना प्रतिष्पर्धी भरत कुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गरेका हुन । उनले आठ सय एक मत प्राप्त गरेका थिए भने उनका अधिकारीले सात सय ४३ मत प्राप्त गरेका थिए ।

भावी अध्यक्षको रुपमा समेत हेरीने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष श्रेष्ठ र सल्लाहकार अधिकारी चुनावी मैदानमा उत्रेका थिए । विजयी श्रेष्ठलाई एमाले र माओवादी निकटका ब्यवसायीहरुको साथ रहेको थियो भने अधिकारीलाई काग्रेसको साथ र सहयोग रहेको थियो ।
यता प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन् । उनका प्रतिस्पर्दी प्रकाशलाल श्रेष्ठलाई एक सय ५२ मतको अन्तरले पछि पारेका थिए । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा श्रेष्ठले ४ सय ७९ मत ल्याएका थिए । उक्त पदमा यस अघिका द्धितीय उपाध्यक्ष ओझा र पुर्व द्धितीय उपाध्यक्ष श्रेष्ठ चुनावी मैदानमा उत्रिएका हुन् । बिजयी ओझालाई बामपन्थि गठबन्धनको साथ रहेको थियो भने श्रेष्ठलाई काग्रेसको साथ देखिन्थो ।

Advertisement


संघको द्धितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन । द्धितिय उपाध्यक्षका प्रतिशपर्दी शैलेन्द्रमोहन भटराईर्ला एक सय ४७ मतको फरकले वास्तोला विजयी भएका हुन् । बाँस्तोलाले कुल आठ सय ५३ मत ल्याउँदा भटराईले सात सय छ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन भने भटराई कार्यसमिति सदस्य हुन । यहाँ पनि बास्तोला बामगठबन्धनका साझा उमेदवारको रुपमा थिए भने भट्टराईलाई काग्रेसको साथ रहेको थियो ।


निर्वाचनमा सवैभन्दा बढि मत ल्याउन सफल उपेन्द्रराज सुवेदी(राजु)ले ४ सय ६९ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।सुवेदीले सर्वाधिक एक हजार १९ मत ल्याउन सफल हुदाँ महासचिवकी उमेदवार मेनका श्रेष्ठले पाँच सय ५० मत मात्र प्राप्त गरिनेकी थिईन । सुवेदी यसअघिका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य रहेकी थिईन ।यहाँ सुवेदीलाई काग्रेसको साथ थियो भने श्रेष्ठलाई एमालेको साथ थियो ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमा पहिलो पटक पदाधीकारी बनेर नयाँ एतिहास रच्न सफल भएकी छन । जानुका अधिकारीले प्रत्यासी धिरज कुमार श्रेष्ठलाई पराजीत गर्दै उप–महासचिव पदमा अधिकारी निर्वाचित भएकी हुन् । उनले श्रेष्ठलाई तिन सय मतको फराकिलो अन्तरले पराजित गरेकी हुन । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले छ सय ३३ मत प्राप्त गरेका थिए । अधिकारीलाई काग्रेस निकट ब्यवसायीको साथ थियो भने श्रेष्ठलाई एमाले र माओवादीको साथ रहेको थियो ।

संघको कोषाध्यक्ष पदमा भरतराज ओझा बिजयी भएका छन् । ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतको फरकले विजयी भएका हुन । उनले ७ सय ५७ मत ल्याउँदा पौडेलले ६ सय ६२ मत ल्याएका थिए । चुनावको २ दिन अगाडी उम्मेदवारी फिर्ता लिएर पौडेललाई सर्मथन गरेका भिम बहादुर नेपाली (काईला) ले एक सय २८ मत प्राप्त गरे । अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिदा यसको प्रत्यक्ष फाईदा ओझालाई पुग्गेको छ । ओझलाई काग्रेस निकट ब्यवासायीको साथ रहेको थियो भने पौडेल र नेपाली दुवै जना माओवादी निकटका ब्यवसायी हुन् ।


यता खुल्ला सदस्यतर्फ उम्मेदवारी दिएका २० जनामा विक्रम कर्माचार्यले ९ सय ५८, बुद्धि प्रसाद बाँस्तोलाले ८ सय ९२, धु्रबबाबु भटराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरी वस्ताकोटीले ६ सय २९ मत प्राप्त गरि विजयी भएका छन् ।सदस्य तर्फका तिवारी र भण्डारी बाहेकका छ जनालाई काग्रेसको साथ रहेको थियो ।
यसैगरि महिला सदस्यमा उम्मेदवारी दिएका ५ जनामा गंगा कुमारी मल्लले ८ सय ९५ र रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरी बिजयी भएका छन् उनिहरु दुवैलाई काग्रेसको सहयोग रहेको थियो ।


संघको १३ औं विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै निर्वाचन आयुक्त हेमराज बरालले विजयीको प्रमाणपत्र प्रदान गरेका छन् । संघका १७३६ मतदाताँ मध्य १६१७ मत खसेको भनिएता पनि पछि मुचुल्का गर्दा बाँकी रहेका केही मतपत्र नपुगेपछि विवाद श्रजर्ना भएको थियो । पछि संघका पुर्व अध्यक्ष, पदाधिकारी र उमेदवार विचको सहमतिमा १६३४ मतलाई आधार मानि मतगणना गरिएको थिए ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया