पक्राउ

पाेखरा ३२मा कानको लोती काटेर सुन लुटियो, भोलिपल्टै लुटेरा पक्राउ

सञ्जय रानाभाट २०७८ असोज ५ गते २१:०७


पोखरा- मारियम गुरुङ घाँस काट्न गएकी थिइन् । तर उनलाई के थाहा कसैले उनको कान काटिदिने छ ! पोखरा महानगरपालिका ३२ बडहरेकी मारियमको कानको लोती नै काटेर सुन लुटिएको छ ।


खान खाएर बिहान ११ बजे घरछेउकै खुर्सानीबारीमा जाँदा कसैले उनीमाथि ढुंगाले हानेको थियो । भन्छिन्, ‘घाँस काटेर भारी बाँध्ने डोरी बनाउँदै थिएँ । एक्कासि छातीमा ढुंगाले लाग्यो । त्यसपछि भने म बेहोस भएँ ।’ घटना देखिरहेकी एकजना स्थानीयले हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए । बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् ।


स्थानीयहरु घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको उनका श्रीमान् धनमान गुरुङ बताउँछन् । ‘कानको लोती काटेर लुटेछ । आधाआधा तोलाका थिए रिङ, बोल्न सक्ने अवस्था थिएन,’ धनमानले भने, ‘लगत्तै अस्पतालले ल्यायौं ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी मारियम फर्किएकी छन् ।

Advertisement


परिवारले साेमबार नै प्रहरीमा उजुरी दिइसकेका थिए । ‘जस्ले यस्तो ग¥यो यस्लाई भेटेपछि मलाई जे जे ग¥यो त्यसलाई पनि त्यही गर्छु । सुरुमै ढुंगाले हानेर बेहोस बनाउँछु । त्यसपछि मेरो जस्तो कानको लोती नै कटिदिन्छु,’ मारियमले आक्रोश पोखिन् ।


लुटेरा पक्राउ
मारियम गुरुङको कानको लोती काटी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेो छ । उनको साथबाट लुटिएको २ वटा रिङ फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । तामाङलाई मंगलबार तल्लो गगनगौंडबाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement


धादिङ घर भएका तमाङ पोखरा महानगरपालिका ३२ खुदीखोला बस्र्दै आएका थिए । ४६ वर्षीय तामाङ बाख्राभैंसी किनबेचको काम गर्थे । गाउँमा उनी गइरहन्थे । बाख्रो किनेर बजारमा ल्याएर बेच्थे । किन्ने र बेच्ने गाउँतिर गइरहने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गाउँको बारेमा उनलाई राम्रो गरी थाहा भइरहेको प्रहरी बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया