असोज लाग्यो, स्याउ पाक्यो

सुन्दरकुमार थकाली
जोमसोम-मुस्ताङमा फलेका स्याउ बजार ल्याउन थालिएको छ । यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएको थियो ।
अहिले यहाँको स्याउ धमाधम टिपिँदै छ । मुस्ताङका अधिकांश बगैचाका स्याउ कृषकले व्यापारीलाई दिने गरेका छन् । व्यापारीले संकलन गरेका स्याउ पोखरा, काठमाडौं लगायतका सहरमा बिक्री हुन्छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले असोज लागेपछि स्याउ टिप्ने र बजारतफै ढुवानी गर्ने काम भइरहेको छ । कार्यालय प्रमुख बस्ताकोटीले गत वर्षको तुलनामा मुस्ताङमा यसपालि ५ प्रतिशत बढी स्याउ फलेको जनाए । गत वर्ष ५ हजार १ सय मेट्रिक टन स्याउ फलेको थियो ।
समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरदेखि ३ हजार ८ सय मिटरसम्म फल्ने मुस्ताङको स्याउको माग बढ्दो छ । विगतमा स्याउ व्यापारीले तीज बेलादेखि नपाक्दै स्याउ टिपेर बजार पु¥याउने गरेका थिए ।दसैंअघि नै यहाँको ७५ प्रतिशत स्याउ बजार पु¥याइने अनुमान छ । १५ प्रतिशत स्याउ जिल्लाभित्रै खपत हुन्छ भने १० प्रतिशत स्याउ प्रशोधन गरी ब्रान्डी, वाइन, जुस र ड्राई स्याउका परिकार बनाइन्छ । केही स्थानीय तहमा यो वर्षदेखि कोल्ड स्टोरसमेत निर्माण भएकाले बेमौसममा समेत पर्यटकले मुस्ताङको स्याउ चाख्न पाउने छन् ।
स्याउ विकसित भएपछि रसिलो र स्वादिष्ट हुने भएकाले पछिल्लो असोजअघि टिप्न प्रतिबन्ध गरिएको हो । तर, केही व्यापारीले भने अटेर गरी स्याउ बजार पु¥याएका थिए । अहिले टुकुचे, सौरु, कोवाङ, मार्फा, चिवाङ, छैरो, स्याङ, जोमसोम, ठिनी, ढुम्बा, कागबेनी, तिरी, फल्याक, झोङ,म ुक्तिनाथ, ताङ्वे, छुसाङ, चैले लगायतका स्थानमा स्याउ धमाधम टिपिँदै छ ।
पोखराका स्याउ व्यापारी मनोज क्षेत्रीले मुस्ताङको स्याउ व्यापारी तथा कृषकसँग समन्वय गरी पोखरा पठाइरहेको बताए । उनले भारत, चीनबाट ल्याइने स्याउभन्दा स्वदेशमै फलेको स्याउलाई बजारीकण गरी प्रर्वद्धनमा जोड दिनुपर्ने जनाए । यहाँ बर्सेनि स्याउ किन्न धादिङ, रुकुम, पोखरा, म्याग्दी लगायतका ठाउँबाट व्यापारी आउने गर्छन् । यी व्यापारीले मुस्ताङको आलुसमेत किनेर लैजान्छन् । पछिल्लो समय मुस्ताङमा स्याउ उत्पादनको क्षेत्रसमेत वृद्धि हुँदै गएको छ । स्थानीयले खेर गएका सरकारी बाँझो जग्गामा समेत सामुदायिक स्याउ खेती थालेका छन् ।
सडक सञ्जाल सहज हुँदै गएपछि मुस्ताङका कृषक कृषिमा आत्मनिर्भर हुने बाटोमा छन् । संघ तथा प्रदेश र स्थानीय तहको अनुदानमा मुस्ताङमा गत वर्ष २० हजार उच्च घनत्वको स्याउका बिरुवा वितरण गरिएको थियो । पछिल्लो समय मुस्ताङमा १ हजार ६ सय हेक्टरमा स्याउ खेती गरिएको छ । ६ सय हेक्टरका स्याउले अहिले उत्पादन दिइरहेका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया