परराष्ट्रमन्त्री खड्काले शपथ लिए

समाधान संवाददाता २०७८ असोज ६ गते १३:४८

कांग्रेस नेता डा। नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।आज राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।
मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

Advertisement

तपाईको प्रतिक्रिया