कांग्रेसले गाउँ र नगर अधिवेशन ९ गते नै गर्ने

सञ्जय रानाभाट २०७८ असोज ६ गते १७:५६

काठमाडौं

नेपाली कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गते नै गाउँ/ नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको हो।

यद्यपि, बुधबार नै महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ/ नगरपालिका अधिवेशन गर्न माग गरेको थियो।

तर, पदाधिकारी बैठकले असोज ९ गते नै गाउँ / नगरपालिका अधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया