लाइसेन्सको आवेदन खुल्दै

समाधान संवाददाता २०७८ असोज ७ गते १३:२९

काठमाडौं- यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लागि लाखौं सेवाग्राही पर्खाइमा छन् ।


विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ । यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दसैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका अति आवश्यक व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रिन्ट कार्ड आउन कम्तीमा एक महिना लाग्छ, डेलिभरी अडरको पत्र दिँदै छौं, दशैंअघि प्रिन्ट गर्न गाह्रो छ, दसैंपछि यसको स्पिड बढाउनुपर्छ ।’

Advertisement

तपाईको प्रतिक्रिया